अर्थ

अवैध क्रसर उद्योग तत्काल बन्द गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । रोशी खोलाको स्थलगत निरीक्षणका क्रममा मन्त्री गुरुङले मापदण्डविपरीतका उत्खनन कार्य रोक्न यस्तो कडा निर्देशन दिनुभएको हो ।

गिट्टी र बालुवाको अनियन्त्रित उत्खननले गर्दा रोशी क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको भन्दै उहाँले गम्भीर चासो व्यक्त गर्नुभयो । प्राकृतिक स्रोतको दोहन हुँदा समेत यसको रोकथाममा कसैले तदारुकता नदेखाएकोमा उहाँले असन्तुष्टि जनाउनुभयो ।

निरीक्षणका क्रममा स्थानीयवासीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले विगतमा राजनीतिक दलहरूले ठेक्कापट्टामा ‘सेटिङ’ मिलाएर अवैध उद्योगहरू सञ्चालन गर्न दिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “पहिले के भयो, त्यो आफ्नो ठाउँमा छ तर अब यस्ता गैरकानुनी गतिविधि मेरो पालामा चल्न दिइने छैन । अवैध क्रसरका कारण बस्ती नै जोखिममा पर्ने कार्यलाई म कडाइका साथ रोक्नेछु ।”

सम्बन्धित समाचार

एलडिसी ग्रेजुएशनपछि तयारी पोशाक क्षेत्रका १ लाख ३२ हजार रोजगारी गुम्ने खतराः अध्यक्ष पाण्डे

एलडिसी ग्रेजुएशनपछि तयारी पोशाक क्षेत्रका १ लाख ३२ हजार रोजगारी गुम्ने खतराः अध्यक्ष पाण्डे

काठमाडौँ। नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल कम विकसित मुलुक ९एलडिसी० बाट स्तरोन्नति भएपछि नेपालको तयारी...

४ जिल्लाका २३ फार्ममा बर्डफ्लु

४ जिल्लाका २३ फार्ममा बर्डफ्लु

काठमाडौँ। तीन साताअघि मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट फैलिएको बर्डफ्लु (एच–फाइभ एन–वान) यतिबेला चार जिल्लाका २३ वटा व्यावसायिक फार्ममा...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको...

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै...