कोशी

तेस्रो रेड पाण्डा फेस्टिभल २०२६ भब्य रुपमा सम्पन्न

काठमाडौँ। नेपाल-भारत क्रस बोर्डर टुरिजम प्रबर्द्धन गर्नका लागि चैत्र २० देखि २३ सम्म आयोजना भएको तेस्रो रेड पाण्डा फेस्टिभल २०२६ भब्य रुपमा सम्पन्न भएको छ। फेस्टिभलको उदघाटन कोशी प्रदेश सरकारका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले गर्नुभयो।

चलचित्र विकास बोर्डकोतर्फबाट चलचित्र अन्तर्राष्ट्रिय प्रबर्द्धन समिति सदस्य केवल तामाङले सहभागिता जनाउनुभएको थियो। जसमा सिक्किम चलचित्र बोर्डका प्रतिनिधि पविरत्न शाक्य,कल्चर विङका सचीव किरण लेप्चा तथा नायिका श्यामाश्री शेर्पाको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न शिर्षकमा प्यानल डिस्कसन गरियो जसमा कार्यक्रम सन्चालन पत्रकार सुजन तिम्सिना र बिप्लव भट्टराईले गरेका थिए। यस क्षेत्रलाई प्राकृतिक चलचित्र स्टुडियोको रुपमा विकास गरी सन्दकपुर गाउँपालिकासँगै इलाम जिल्लालाई चलचित्र पर्यटनसँग जोडदै यहाँको कला,भाषा,संस्कृति र पर्यटकीय क्षेत्रहरूको संरक्षण साथै बिश्वब्यापी रुपमा प्रबर्द्धन गर्न अनिवार्य रहेको केवल तामाङले बताउनुभयो।

नायिका श्यामाश्री शेर्पाले शुभकामना मन्तव्य राख्दै सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) को भिजन अनुरुप चलचित्र र पर्यटन क्षेत्र द्रुत गतिमा विकास भैरहेको र दुई देश बिचको चलचित्रकर्मी साथै पर्यटन अभियान्ताको एक आपसमा सहकार्य गरि अघि बढन उहाँको आदेश अनुसार महोत्सवमा आएको बताउनुभयो।

नेपाल र सिक्किमका चलचित्रकर्मीहरुबीच सहकार्य गरी चलचित्र निर्माणसँगै पर्यटनमा टेवा पुर्याउने पविरत्न शाक्यले जनाउनुभयो। सन्दकपुर गाउँपालिका आयोजक रहेको फेस्टिभलमा यस क्षेत्रमा छायांकन गर्न आउन र आवस्यक सहयोग गर्न तत्पर रहेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले भन्नुभयो। यस्ता कार्यक्रमले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने केचना कन्चनजङ्घा पर्यटन विकास समितिका पुर्व कार्यकारी निर्देशक केशव धौरालीले बताउनुभयो।कार्यक्रममा बङ्गाल,आसाम,दार्जिलिङ ,मेघालय,दिल्ली लगायत विभिन्न मुलुकका पर्यटन अभियान्ताहरुको उपस्तिथि रहेको थियो।

  

सम्बन्धित समाचार

सप्तकोसी नदी किनारमा कोसी पर्यटन महोत्सव गरिने

सप्तकोसी नदी किनारमा कोसी पर्यटन महोत्सव गरिने

वराहक्षेत्र । कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै “कोशी पर्यटन महोत्सव–२०८२” आयोजना गरिने भएको छ । कोशी...

पेशागत स्वास्थ्य सुरक्षा सम्बन्धी कार्यशाला

पेशागत स्वास्थ्य सुरक्षा सम्बन्धी कार्यशाला

इलाम । पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धि २ दिने कार्यशाला इलाममा सम्पन्न भएको छ । सदरमुकाममा चैत १८ र...

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...

बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

फिदिम । चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम...