Breaking News

करिडोरका खोलामा १० वटा नयाँ मोटरेवल पुल बन्ने

गुल्मी। कालीगण्डकी करिडोरका खोलामा पुल नहुँदा समस्या झेल्दै आएका सवारी र यात्रुहरुले उक्त समस्याबाट मुक्त हुने भएका छन् । बर्सायामको समयमा खोलामा पुल नुहुँदा जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका सवारी र यात्रुहरुलाई अब राहत मिल्ने भएको छ ।

कालीगण्डकी करिडोर, गौँडाकोट, राम्दी मालढुङ्गा सडक आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र तेलीका अनुसार गुल्मी खण्डमा सात वटा पुल निर्माण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार गुल्मी खण्डमा बडहरे खोला, दिहिङखोला, बौदी खोला, हास्मादीखोला, बाडेखोला, सिउरेनीखोला र पालुङखोलामा पुल बन्ने भएका छन् । गुल्मीसँगै बाग्लुङ खण्डको दुई र पाल्पा खण्डको एक गरी कुल १० वटा पुल निर्माण गर्न लागिएको हो ।

यस्तै, कालीगण्डकी लोकमार्ग स्याङ्जा, पर्वत खण्डमा चार वटा पक्की पुल बन्ने भएका छन् । कार्यालयको कार्यक्षेत्रअन्तर्गत रहेर आगामी आर्थिक वर्षमा १४ वटा पुलको निर्माण कार्य अगाडि बढाउने गरी बजेटको माग गरिएको कार्यालयले जनाएको छ । उक्त १४ वटा पुल सम्पन्न गर्नका लागि ८५ करोड १८ लाख ५७ हजार १३६ रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

पुलको डिजाइन सम्पन्न गरी बहुवर्षीय ठेक्काका लागि बजेटको ब्यबस्थापन गर्नका लागि विभागमा लेखी पठाएको उहाँको भनाइ । उक्त खोलामा आवस्यकता अनुसार १५ देखि ४० मिटर सम्मकाको लम्वाई रहेका पुलहरु बन्नेछन् भने सबै पुलको चौडाइ भने ११ मिटरको रहने तेलीले बताउनुभयो । दैनिक बुटवल पुर्तिघाट सवारी चलाउने चालक रामु पाण्डेले करिडोरका खोलामा पुल नहुँदा बर्सायामको समयमा जोखिम मोलेरै यात्रा गर्न आफूहरु बाध्य भएको बताउनुभयो । खोलामा पुल नहुँदा सवारी र यात्रुहरुको ज्यानसँगै आफू पनि जोखिममै रहेर यात्रा गर्न असहज हुने गरेको उहाँको भनाइ छ ।

कालीगण्डकी करिडोरअन्तर्गतको २४० किलो मिटर सडकमध्ये राम्दी रानीमहल सडक खण्डको १७ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ । उक्त सडक खण्डको काम भइरहेकाले आगामी आर्थिक वर्षमा काम सम्पन्न हुने लक्ष्य लिएको तेलीले बताउनुभयो । यस्तै सोही कार्यालयले हेर्ने गरी कालीगण्डकी लोकमार्गको मिर्मी सेतीवेणी फलेबास अर्मादी खण्डको ५३ किलोमिटर सडकको पनि काम द्रुत गतिमा भइरहेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

२५ अर्ब निक्षेप संकलन गर्दै सरकार

२५ अर्ब निक्षेप संकलन गर्दै सरकार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक–वित्तबाट २५ अर्ब निक्षेप संकलन गर्ने भएको छ। बुधबार केन्द्रीय...

४ जिल्लाका २३ फार्ममा बर्डफ्लु

४ जिल्लाका २३ फार्ममा बर्डफ्लु

काठमाडौँ। तीन साताअघि मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट फैलिएको बर्डफ्लु (एच–फाइभ एन–वान) यतिबेला चार जिल्लाका २३ वटा व्यावसायिक फार्ममा...

अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम

अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम

वासिङ्टन डिसी । अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम गर्ने नाटकीय सहमति भएको छ। तेहरानलाई स्ट्रेट अफ होर्मुज...

आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर

आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर

काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ...