सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छः अञ्जन श्रेष्ठ
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग चलाउनु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण र प्रोत्साहन दिनुपर्ने बताउनुभएको छ । तयारी पोशाक निर्यातकर्ता संघ नेपालले आयोजना गरेको ‘एलडिसी ग्रेजुएशनपछि तयारी पोशाकको निर्यात प्रवद्र्धनः चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको ७० प्रतिशत उपभोग आयातमा निर्भर रहेको तथ्यलाई चुनौती नभई ठूलो अवसरका रूपमा लिनुपर्ने बताउनु भयो ।
कुनै समय १ हजार २ सय ५० को हाराहारीमा रहेका गार्मेन्ट उद्योगहरू अहिले घटेर १०० मा खुम्चिएकोप्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले यस क्षेत्रको विकासका लागि एकीकृत सोच आवश्यक रहेको औंल्याउनु भयो । उहाँले ‘फार्म टु फरेन’सम्मको यात्रालाई जोड्न पाँच ‘एफ’ को अवधारणा अघि सार्नुभयो । जसमा फार्म, फाइबर, फेब्रिक, फेसन र फरेनलाई समेटेर अगाडि बढ्नुपर्ने उहाँको तर्क छ । यसका लागि सशक्त ‘गार्मेन्ट काउन्सिल’ वा विभागको आवश्यकता रहेको उहाँले बताउनु भयो । सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी गरिरहेको सन्दर्भमा श्रेष्ठले आपत्ति जनाउनु भयो ।
सरकारले आफैँ उद्योग चलाउनुको सट्टा निजी क्षेत्रलाई सहुलियत दिएर उत्पादन लागत घटाउन सहयोग गर्नुपर्ने उहाँले बताउनु भयो । प्रविधिको विकास र एआईका कारण रोजगारी घट्न सक्ने चर्चा चलिरहँदा नेपालको घट्दो जन्मदर र युवा पलायनले भविष्यमा ठुलो जनशक्ति अभाव हुनसक्नेतर्फ उहाँले सचेत गराउनु भयो । अल्पविकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति हुँदा नेपाली निर्यातले पाउँदै आएको सहुलियत गुम्ने जोखिम रहेकोले यसलाई कम्तीमा ३ वर्ष पछि सार्न महासंघले सरकारसँग लविङ गरिरहेको उहाँले जानकारी दिनुभयो । अर्थमन्त्रीसँगको छलफल सकारात्मक रहेको र सरकारले यसमा लचिलो हुने आश्वासन दिएको उहाँले बताउनु भयो । साथै, निर्यात व्यवसायीहरूलाई सरकारले दिने भनिएको इन्सेन्टिभ (नगद प्रोत्साहन) समयमै उपलब्ध गराएर राज्यको विश्वास कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी ७० प्रतिशत वस्तु आयात गर्छौं । यसको अर्थ हामीसँग अझै ७० प्रतिशत उत्पादन बढाउने र बजार ओगट्ने अवसर छ । सियोदेखि गाडी एसेम्बलसम्मका काम नेपालमै सम्भव छ, मात्र स्वच्छ मनले प्रयासको खाँचो छ ।। सरकारले उद्योग व्यवसाय गर्ने होइन । दुग्ध विकास संस्थान ९डीडीसी० र शाही औषधि लिमिटेड जस्ता संस्थानहरूलाई ट्याक्सपेयरको पैसाबाट अनुदान दिएर पाल्नु र निजी क्षेत्रसँग प्रतिष्पर्धा गराउनु गलत हो ।’
आगामी चैत ३० गते हुने महासंघको निर्वाचनपछि नेतृत्व सम्हाल्न लागेका ‘वेटिङ प्रेसिडेन्ट’ श्रेष्ठले निजी क्षेत्रलाई एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निर्वाचनपछि सबै व्यवसायीहरूलाई क्षमता र अनुभवका आधारमा भूमिका दिँदै महासंघलाई सशक्त बनाउने प्रण गर्नुभयो ।
ताजा अपडेट
-
१.
‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’
-
२.
सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छः अञ्जन श्रेष्ठ
-
३.
कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी
-
४.
सुनचाँदीकोे मूल्य वृद्धि
-
५.
करिडोरका खोलामा १० वटा नयाँ मोटरेवल पुल बन्ने
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी
काठमाडौँ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० दीपकराज जोशीले कोभिड–१९ को महामारीपछि विश्व पर्यटन क्षेत्र पूर्णरूपमा पुनःस्थापित भइसक्दा...
सुनचाँदीकोे मूल्य वृद्धि
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु सात हजार २०० र चाँदी तोलामा...
करिडोरका खोलामा १० वटा नयाँ मोटरेवल पुल बन्ने
गुल्मी। कालीगण्डकी करिडोरका खोलामा पुल नहुँदा समस्या झेल्दै आएका सवारी र यात्रुहरुले उक्त समस्याबाट मुक्त हुने भएका छन् ।...
२५ अर्ब निक्षेप संकलन गर्दै सरकार
काठमाडौँ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक–वित्तबाट २५ अर्ब निक्षेप संकलन गर्ने भएको छ। बुधबार केन्द्रीय...




