सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै
काठमाडौँ। सरकारले सार्वजनिक यातायातको भाडा बढाउने भएको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गर्न लागेको हो।
इन्धनको मूल्यमा भएको वृद्धिसँगै भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएको हो। मन्त्रालयको सहमतिअनुसारको भाडा दर समायोजनको निर्णय आजै गर्ने तयारी छ ।
नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिनेछ। त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गर्न लागिएको नेपाल यातयात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिनुभयो।
विशेष गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई नै भाडा वृद्धिको मूल आधार मानिएको उहाँले बताउनुभयो। यो निर्णयसँगै अब सर्वसाधारणले यात्रा गर्दा र सामान ढुवानी गर्दा बढेको नयाँ दर अनुसार नै शुल्क तिर्नुपर्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
चैत २७ राष्ट्रपतिले संयुक्त सदनमा सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्...
उपसभामुखको निर्वाचन पर्सि
काठमाडौँ। प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन यही चैत २७ गते शुक्रबार हुने भएको छ। बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको...
करिडोरका खोलामा १० वटा नयाँ मोटरेवल पुल बन्ने
गुल्मी। कालीगण्डकी करिडोरका खोलामा पुल नहुँदा समस्या झेल्दै आएका सवारी र यात्रुहरुले उक्त समस्याबाट मुक्त हुने भएका छन् ।...
२५ अर्ब निक्षेप संकलन गर्दै सरकार
काठमाडौँ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक–वित्तबाट २५ अर्ब निक्षेप संकलन गर्ने भएको छ। बुधबार केन्द्रीय...




