चैत २७ राष्ट्रपतिले संयुक्त सदनमा सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले चैत २७ गते दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बाेधन गर्ने तय भएको जानकारी दिनुभयो ।
‘राष्ट्रपति कार्यालयबाट सचिवालयमा भर्खर पत्र प्राप्त भएको छ । उहाँले चैत २७ गते दिउँसो ३ बजे संयुक्त सदनलाई सम्बोधन गर्ने भन्दै त्यसको व्यवस्था मिलाउन भनिएको छ,’ प्रवक्ता गिरीले भन्नुभयो।
राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ । त्यो धारामा ‘राष्ट्रपतिबाट सम्बोधन’ शीर्षकमा लेखिएको छ, ‘राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
काँग्रेसको देउवा नेतृत्वको टोलीले दियो कारागार बिभागलाई चेतावनी ?
काठमाडौं। देशभरका कारागारमा भईरहेको बेथिति र भ्रष्टाचारबारे छानबिनको माग गर्दै नेपाल बिधार्थी संघको केन्द्रीय समितिले कारागार बिभागलाई ध्यानाकर्षण पत्र पेश...
सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै
काठमाडौँ। सरकारले सार्वजनिक यातायातको भाडा बढाउने भएको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकलाई कारण देखाउँदै सरकारले नयाँ...
उपसभामुखको निर्वाचन पर्सि
काठमाडौँ। प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन यही चैत २७ गते शुक्रबार हुने भएको छ। बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको...
करिडोरका खोलामा १० वटा नयाँ मोटरेवल पुल बन्ने
गुल्मी। कालीगण्डकी करिडोरका खोलामा पुल नहुँदा समस्या झेल्दै आएका सवारी र यात्रुहरुले उक्त समस्याबाट मुक्त हुने भएका छन् ।...




