पक्राउ पुर्जी जारी भएपछि देउवाको स्पष्टीकरण : सम्पत्तिसम्बन्धी भ्रम फैलाइयो
काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताउनुभएको छ । बुधबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले पछिल्लो समय बाहिर आएका समाचारप्रति आपत्ति जनाउनुभएको हो।
देउवाले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफूले परिवारको सम्पत्तिको यथार्थ विवरण नियमित रूपमा सम्बन्धित सरकारी निकायमा पेस गर्दै आएको स्पष्ट पार्नुभएको छ । उहाँले भ्रामक प्रचारका पछि नलाग्न समेत सबैमा आग्रह गर्नुभएको छ ।
हाल आफू स्वास्थ्य परीक्षणका क्रममा विदेशमा रहेको जानकारी दिँदै पूर्व प्रधानमन्त्री देउवाले उपचार प्रक्रिया सम्पन्न गरी छिट्टै स्वदेश फर्किने समेत उल्लेख गर्नुभएको छ । पछिल्लो समय उहाँको बुढानीलकण्ठस्थित निवासमा भएको घटना र सम्पत्ति शुद्धीकरण अनुसन्धानका विषयमा विभिन्न टिकाटिप्पणी भएपछि देउवाको यस्तो धारणा सार्वजनिक भएको हो ।
ताजा अपडेट
-
१.
स्वीस राजदूतसँग गृहमन्त्रीको अनुरोध : नेपालीको पैसा भए फिर्ता गर्दिनुहोस्
-
२.
पक्राउ पुर्जी जारी भएपछि देउवाको स्पष्टीकरण : सम्पत्तिसम्बन्धी भ्रम फैलाइयो
-
३.
काँग्रेसको देउवा नेतृत्वको टोलीले दियो कारागार बिभागलाई चेतावनी ?
-
४.
प्रधानमन्त्रीद्वारा विभिन्न देशका राजदूतहरूसँग कूटनीतिक संवाद
-
५.
चैत २७ राष्ट्रपतिले संयुक्त सदनमा सम्बोधन गर्ने
ट्रेन्डिङ
सम्बन्धित समाचार
काँग्रेसको देउवा नेतृत्वको टोलीले दियो कारागार बिभागलाई चेतावनी ?
काठमाडौं। देशभरका कारागारमा भईरहेको बेथिति र भ्रष्टाचारबारे छानबिनको माग गर्दै नेपाल बिधार्थी संघको केन्द्रीय समितिले कारागार बिभागलाई ध्यानाकर्षण पत्र पेश...
चैत २७ राष्ट्रपतिले संयुक्त सदनमा सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्...
सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै
काठमाडौँ। सरकारले सार्वजनिक यातायातको भाडा बढाउने भएको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकलाई कारण देखाउँदै सरकारले नयाँ...
उपसभामुखको निर्वाचन पर्सि
काठमाडौँ। प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन यही चैत २७ गते शुक्रबार हुने भएको छ। बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको...




