राजनीति

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान   

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो महाअभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ छन ।

यस्तै समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद छन । यता सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठक भने यही फागुन ४ गते बुधबारका लागि सारिएको छ ।

सम्बन्धित समाचार

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...