बुधबार, भदौ ११, २०८२
English
Follow us:

डब्ल्यूएचओबाट निस्किने ट्रम्पको निर्णय

डब्ल्यूएचओबाट निस्किने ट्रम्पको निर्णय

  • खबर सेवा

  • मङ्लबार, माघ ८, २०८१

  • 113
    SHARES
डब्ल्यूएचओबाट निस्किने ट्रम्पको निर्णय

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथलगत्तै आफ्नो देशलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अलग गर्ने आदेश जारी गरेका छन्। बीबीसीका अनुसार उक्त आदेशमा हस्ताक्षर गर्दा ट्रम्पले भने, ‘ओहो, यो ठूलो निर्णय हो।’ अन्य देशका तुलनामा अमेरिकाले यसका लागि अनुचित मूल्य चुकाएको ट्रम्पको दाबी छ।

ट्रम्पले डब्ल्यूएचओलाई संकेत गर्दै भने, ‘उनीहरू हामीलाई फर्काउन चाहन्छन्, त्यसैले के हुन्छ हेरौँ।’ उनको यो भनाइलाई केही समयपछि अमेरिका डब्ल्यूएचओमा फर्कने संकेत मानिएको छ। अमेरिकाको राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित ट्रम्पले सोमबार पदको शपथ खानासाथ विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology