खेलकुद

लगातारको हारले सुपर सिक्स नपुगी बाहिरियो नेपाली टोली

काठमाडौं। आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल आफ्नो तेस्रो खेलमा अष्ट्रेलियासँग ८३ रनले पराजित भएको छ। मलेसियाको बांगीमा बुधबार अष्ट्रेलियाले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल जम्मा ५६ रनमै समेटियो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। एलिसा यादवले ९, साना प्रविनले ८, सावित्री धामीले ७, सिमाना केसीले ६ रन बनाउँदा तिर्सना विश्वकर्मा १ रनमा आउट भइन्।

लगातार तेस्रो हारसँगै नेपाल सुपरसिक्समा प्रवेश गर्न नसकी प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘डी’ मा रहेका चार टिममध्ये अष्ट्रेलिया, स्कटल्याण्ड र बंगलादेश सुपरसिक्समा पुग्दा नेपाल भने असफल भयो। नेपालले समूहका सबै टिमसँगको खेल हारेको छ।

नेपाल बंगलादेशसँग ५ विकेट र स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो। तेस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । उसका लागि काओमी ब्रेले सर्वाधिका ४५ रनको योगदान गरिन्। इलेनोर लारोसाले ३१ रन बनाउँदा हसरत गिल ३० रनमा अविजित रहिन्।

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् भने सिमाना केसीले २ र रिया शर्माले एक विकेट खसालिन्।

सम्बन्धित समाचार

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...

एन्फा कार्यालयमा तालाबन्दी

एन्फा कार्यालयमा तालाबन्दी

काठमाडौं। नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा तालाबन्दी गरेको छ। आइतबार खेलाडीहरुले एन्फा परिसरमा विरोध...