समाचार

बहस नसकिएपछि रविलाई निकिता र कानुन व्यवयासीको रोहवरमा घर पठाइयो, भोलि फेरि हुने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान नसकिएपछि श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएर पठाइएको छ।

जिल्ला अदालत, रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार भोलिको बहसमा उपस्थित गराउन निकिता र कानुन व्यवसायीको रोहवरमा अदालतले छाडेको हो।

उनलाई भोलि १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ।

सुप्रिम सहकारी ठगीसम्बन्धी अभियोगको प्रतिवाद गर्न बुधबार आफै अदालतमा हाजिर भएका लामिछानेलाई जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा दिनभर बयान लिइएको थियो। बयान सकिएपछि उनलाई परिवार र कानुन व्यवसायीको जिम्मा लगाइएको हो।

यसअघि काठमाडौँ जिल्ला अदालतले भने उनलाई परिवार र कानुन व्यवसायीको जिम्मा लगाउन अस्वीकार गरेको थियो। रविले काठमाडौँ जिल्ला अदालतमा पनि आफूलाई हिरासतबाहिरै बसेर मुद्दाको प्रक्रियामा सहभागी हुने सुविधाका लागि याचना गरेका थिए।

रूपन्देही अदालतमा पनि उनले इजलासमा यही याचना गरेका थिए। उनको मागअनुसारै इजलासले बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हिरासत बस्नु नपर्ने गरी बाहिरै बस्ने सुविधा दिएको हो।

गएको आइतबार लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो। पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ।

 

सम्बन्धित समाचार

सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते

सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते

सिरहा। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालयका...

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

रौतहट। यहाँको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा...

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

सिरहा। औरही गाउँपालिका-५ स्थित पोखरीमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बुधबार...

भरुवा बन्दुक पड्किँदा किशोरको मृत्यु

भरुवा बन्दुक पड्किँदा किशोरको मृत्यु

काठमाडौं। डडेल्धुरामा हिजो साँझ भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ। परशुराम नगरपालिका–२ बसौटीमा घरभित्र राखिएको अवैध भरुवा बन्दुक...