इरानले भन्यो: अमेरिकासँग वार्ता वा युद्धविरामका लागि अनुनय गरेका छैनौँ
इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीले आफ्नो देशले अमेरिकासँग कहिल्यै युद्धविराम वा वार्ताका लागि कहिले अनुरोध नगरेको दाबी गरेका छन्।
बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजसँग कुरा गर्दै उनले भनेका छन्, ‘हामी अमेरिकीहरूसँग कुरा गर्ने कुनै कारण देख्दैनौँ, किनकि यसअघि हामी उनीहरूसँग वार्ता गरिरहेका थियौँ, तर उनीहरूले हामीमाथि आक्रमण गर्ने निर्णय गरे।’
केही दिनअघि मात्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आफूसँग सम्झौता गर्न चाहेको दाबी गर्दै तर आफूले अब धेरै ढिला भइसकेको जवाफ दिएको दाबी गरेका थिए।
अमेरिका-इजरायलले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता लडाइँ जारी छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोनरक्षेप्यास्त्र प्रहार गर्दा मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
ताजा अपडेट
-
१.
अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा
-
२.
मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु
-
३.
मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त
-
४.
सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित
-
५.
निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह
ट्रेन्डिङ
सम्बन्धित समाचार
पेट्रोल, डिजेल र एलपि ग्यासको मूल्य भारी बढ्यो
काठमाडौँ। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको...
घट्यो काठमाडौँको तापक्रम
काठमाडौँ। आज (सोमबार) काठमाडौँ उपत्यकामा चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजेको...
अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि छ : उज्यालो पार्टी
काठमाडौँ। उज्यालो नेपाल पार्टीले अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि व्यक्त गरेको छ। पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको...
यी हुन् नेकपाका ९ समानुपातिक सांसद
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना भागमा परेका ९ समानुपातिक सांसदको टुंगो लगाएको छ। नेकपाले आइतबार समानुपातिक सांसद...




