फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व
काठमाडौँ। सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब आम्दानी गर्ने लक्ष्य राखेको सरकारले ७ खर्ब ५१ अर्ब ८५ करोड ६५ लाख राजश्व संकलन गरेको हो । गत आ।व।को सोही अवधिसम्म ७ खर्ब २९ अर्ब ६५ करोड ८८ लाख संकलन भएको थियो ।
समीक्षा अवधीमा भ्याट, अन्तःशुल्क भन्सार महशुल लगायत शीर्षकको राजस्व संकलन बढेको छ भने अन्य शिर्षकमा भने सरकारले राजश्व सोचेअनुसार उठाउन सकेको छैन । अर्थ मन्त्रालयकाअनुसार आयकर, ब्याजकरसहितका शीर्षकमा अघिल्लो वर्षको तुलनामा राजश्व उठाउन सकेको छैन । आयकरतर्फ फागुनसम्म १ खर्ब ७० अर्ब ९० करोड रुपैयाँ आयकर संकलन भएको छ । गत आवको फागुनसम्म भने १ खर्ब ७३ अर्ब २६ करोड संकलन भएको थियो । गत आ।व।को फागुनसम्म २२ अर्ब ५९ करोड ४६ लाख ब्याज कर संकलन भएको थियो । जबकि चालु आ।व।मा १९ अर्ब ५१ करोडमात्रै संकलन भएको छ । भन्सार महशुल चालु आ।व।को फागुन मसान्तसम्ममा १ खर्ब ५५ अर्ब ९० करोड संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धि कर २ खर्ब २५ अर्ब ५३ करोड संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएको थियो ।
आठ महिनामा कति भयो खर्च?
सरकारले चालु आर्थिक वर्षको आठ महिनामा ९ खर्ब २६ अर्ब कुल बजेट खर्च गरेको छ । चालु आ।व।का लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो । चालुतर्फ ११ खर्ब ८० अर्ब बजेटमध्ये सरकारले ६ खर्ब ४२ अर्ब खर्च गरेको छ । यता विकास बजेट भने सरकारले खर्च गर्न सकेको छैन् ।
पुँजीगततर्फ ४ खर्ब ७ अर्ब बजेटमध्ये सरकारले ७८ अर्ब खर्च गरेको छ । सार्वजनिक ऋणको सावा ब्याजसहितको दायित्व व्यवस्थापनमा सरकारले ३ खर्ब ७५ अर्ब बजेट छुट्याएकोमा हालसम्म २ खर्ब ५ अर्ब भन्दा बढी रकम खर्च गरिसकेको छ । पछिल्लो समय विदेशी मुद्रामा देखिएको उतारचढावले पनि सरकारलाई ऋण व्यवस्थापनमा चुनौती थप्दै गएको छ ।–न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा
-
२.
मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु
-
३.
मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त
-
४.
सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित
-
५.
निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्ने बताउनुभएको छ...
पेट्रोल, डिजेल र एलपि ग्यासको मूल्य भारी बढ्यो
काठमाडौँ। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको...
डलरको भाउ स्थिर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र...
बढ्यो सेयर बजार
काठमाडौं। सेयरबजार आइतबार ४.४५ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक उक्त अंकले बढेर २८२४.९० विन्दुमा पुगेको...




