निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्ने बताउनुभएको छ । नेपालको निर्माण क्षेत्रमा श्रमिकको चरम अभाव रहेको र यस क्षेत्रमा आउन चाहनेहरुका लागि अवसरसँगै पारिश्रमीक समेत राम्रो रहेको बताउनु भयो । उहाँकाअनुसार निर्माण मध्येको पुलको मात्रै काम गर्ने श्रमिकको पारिश्रमीक महिनामै ५० हजारसम्म हुने गरेको छ । अहिले पुलका काम गर्ने अधिकांश भारतीयहरु छन् । उनीहरुले अर्बौं रुपैयाँ यसरी नै पारिश्रमीक बुझेर भारतमा लैजाने गरेका छन् ।
सिंहका अनुसार निर्माण क्षेत्रमा मात्रै करिव ७ लाख भारतीय नेपालमा छन् । सरकारले निर्माण सम्बन्धि काम गर्न आवश्यक जनशक्ति तयार गर्न नसक्दा निर्माण क्षेत्रमा भारतीय श्रमिकको दबदबा रहेको उहाँले बताउनुभयो।
अध्यक्ष सिंहले भन्नुभयो– ‘नयाँ सरकार बन्दैछ । अब बन्ने सरकारले अर्थतन्त्र चलायमान बनाउनुपर्छ । त्यसका लागि ऐन कानूनहरु अब कार्यान्वयन योग्य बनाउनुपर्छ । अब नेपाली दाजुभाइलाई नेपालमै काम गर्ने वातावरण बनाइनुपर्छ । कम्तिमा ७ लाख भारतीय मजदुर अहिले नेपालमा छन् । उनीहरुलाई प्रतिस्थापन गर्नुपर्छ । अब नेपालीलाई सीपमुलक तालिम दिएर सरकारले कामको प्रत्याभुति दिनुपर्छ । सरकारले वर्षको १०० दिनको रोजगारी दिने कार्यक्रम ल्याउने गरेको छ तर त्यो वास्तविक रोजगारी दिने नभएर कागजी रोजगारीमा सिमित भएको छ । सय दिनेको रोजगारी दिने भन्दै गर्दा उनीहरुलाई तालिम, प्रशिक्षण दिन जरुरी छ । निजी क्षेत्रसँग जोडेर सरकारले बेरोजगार नेपालीहरुलाई कामको प्रशिक्षण दिन जरुरी छ । एउटा अदक्ष मजदुरलाई अर्धदक्ष बनाउन कुनै गाह्रो छैन । अर्धदक्ष मजदुरहरुको न्युनतम पारिश्रमीक नेपालमा पनि ३०–५० हजारसम्म हुनसक्छ । किनभने एउटा पुलको काम गर्ने मान्छेले सय दिनमा एउटा तालिम लिने हो भने एकदमै राम्रो अनुभव हुनसक्छ । पुलमा काम गर्नेले डण्डी बाँध्नेदेखि ढुंगा भर्नेसम्मको कामको अनुभव लिन सक्छ । अहिले अध्ययन गर्ने कार्यहरु सबै कागजी भए, यसलाई व्यवहारिक बनाउन जरुरी छ । त्यसका लागि राजनीतिक प्रतिवद्धता जरुरी छ ।’
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एकसय दिने रोजगारीको घोषणा गरेपनि त्यो कागजमै सिमित भइरहेको सिंहको भनाइ छ । उहाँकाअनुसार अब आगामी सरकारले व्यवहारिक शिक्षा लागू गर्दै नेपालमै श्रम गर्ने वातावरण समेत तयार गर्न जरुरी छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा
-
२.
मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु
-
३.
मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त
-
४.
सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित
-
५.
निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह
ट्रेन्डिङ
सम्बन्धित समाचार
फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व
काठमाडौँ। सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८०...
पेट्रोल, डिजेल र एलपि ग्यासको मूल्य भारी बढ्यो
काठमाडौँ। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको...
डलरको भाउ स्थिर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र...
बढ्यो सेयर बजार
काठमाडौं। सेयरबजार आइतबार ४.४५ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक उक्त अंकले बढेर २८२४.९० विन्दुमा पुगेको...




