अन्तर्राष्ट्रिय

सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित

भुमजैथाई पार्टीका सांसद सोफोन जराम आईतवार थाइल्याण्डको प्रतिनिधि सभाको नयाँ सभामुखमा निर्वाचित हुनुभएको छ । थाई संविधानअनुसार प्रतिनिधि सभाका सभामुख राष्ट्रिय सभाको अध्यक्ष पनि हुनेछन् ।

नयाँ सभामुखले शाही अनुमोदन पछि आधिकारिक रूपमा पदभार ग्रहण गर्नुहुनेछ । गत महिनाको आम निर्वाचनपछिको पहिलो संसदीय अधिवेशनमा सोफोनले पिपुल्स पार्टीका उम्मेदवार परित वाचरासिन्धुविरुद्ध सभामुख पदका लागि उम्मेदवारी दिनुभएको थियो ।

कार्यवाहक सभामुख पैरोज लोहसुन्थर्नले घोषणा गरेअनुसार गोप्य मतदानमा सोफोनले २ सय ८९ मत प्राप्त गरी नयाँ सभामुख बन्न सफल हुनुभयो भने परितले १ सय २३ मत प्राप्त गर्नुभयो । सोफोन जराम सन् २००८ मा भुमजैथाई पार्टीमा प्रवेश गरेका थिए र सन् २००८ देखि २०११ सम्म देशको यातायात मन्त्रीको रूपमा काम गर्नुभएको थियो । उहाँले सेप्टेम्बर २०२५ देखि थाइल्याण्डको कार्यवाहक उपप्रधानमन्त्रीको पद सम्हाल्दै आउनुभएको थियो ।

आफ्नो भिजन स्टेटमेन्टमा सोफोनले जनहितलाई अधिकतम बनाउन कृत्रिम बुद्धिमत्ता ९आर्टिफिसियल इन्टेलिजेन्स० जस्ता आधुनिक उपकरणहरूसँग अनुभवलाई जोड्न संसदलाई आह्वान गर्नुभयो । उहाँले संसदीय संयन्त्रहरूले नागरिकका कठिनाइहरूलाई प्रकाशमा ल्याउन प्राथमिकता दिनुपर्ने र साथै व्यवस्थापिका र कार्यपालिका शाखाहरू बीच उच्च गुणस्तरीय, सन्तुलित र तर्कसंगत निगरानी सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ । सभामुखको निर्वाचन पछि प्रतिनिधि सभाले आगामी दिनहरूमा प्रधानमन्त्रीको लागि मतदान गर्न अधिवेशन बोलाउनेछ ।

प्रतिनिधि सभाका आधाभन्दा बढी सदस्यको समर्थन प्राप्त गर्ने उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित हुनेछन् ।

सम्बन्धित समाचार

अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा

अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आईतवार देशको १८४८ को क्रान्ति र स्वतन्त्रता संग्रामको वार्षिकोत्सवको अवसरमा आयोजित एक विशाल ¥यालीमा हंगेरीलाई...

मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु

मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु

मध्य गाजाको अल–जवायदा शहरको प्रवेशद्वार नजिकै प्रहरीको गाडीलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको गाजाको...

मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

मेडागास्करका राष्ट्रपति माइकल रान्ड्रियानिरिनाले आईतवार मामिटियाना राजोनारिसनलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको नियुक्ति समारोहमा रान्ड्रियानिरिनाले...

इरानले भन्यो: अमेरिकासँग वार्ता वा युद्धविरामका लागि अनुनय गरेका छैनौँ

इरानले भन्यो: अमेरिकासँग वार्ता वा युद्धविरामका लागि अनुनय गरेका छैनौँ

इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीले आफ्नो देशले अमेरिकासँग कहिल्यै युद्धविराम वा वार्ताका लागि कहिले अनुरोध नगरेको दाबी गरेका छन्।...