अन्तर्राष्ट्रिय

मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु

मध्य गाजाको अल–जवायदा शहरको प्रवेशद्वार नजिकै प्रहरीको गाडीलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको गाजाको आन्तरिक मामिला अधिकारीहरूले बताएका छन् ।

स्थानीय स्रोतहरूकाअनुसार इजरायली ड्रोनले हमासद्वारा सञ्चालित आन्तरिक मामिला अधिकारीहरूको प्रहरी गाडीलाई लक्षित गरेको थियो । प्यालेस्टिनी चिकित्सा स्रोतहरूले बताएअनुसार यस हवाई आक्रमणमा वरपर रहेका अन्य धेरै व्यक्तिहरू पनि घाइते भएका छन् ।

प्रत्यक्षदर्शीहरूकाअनुसार आईतवार नै मध्य गाजाको नुसेरात शरणार्थी शिविरको पश्चिममा रहेको अल–सवरहा क्षेत्रमा प्यालेस्टिनीहरूको भेलामा इजरायली ड्रोनले कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको थियो । शिविरमा रहेको अल–अवदा अस्पतालले उक्त आक्रमणमा एक पुरुष, उनकी पत्नी र उनीहरूका छोराको मृत्यु भएको जनाएको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूले आईतवार आफ्नो दैनिक अपडेटमा रिपोर्ट गरेअनुसार विगत २४ घण्टामा गाजा पट्टीका अस्पतालहरूमा पाँच जनाको शव र आठ जना घाइतेहरू आइपुगेका छन् ।

अधिकारीहरूकाअनुसार अक्टोबर २०२५ मा युद्धविराम लागू भएयता मृत्यु हुनेको सङ्ख्या ६ सय ६३ पुगेको छ भने १ हजार ७ सय ६२ जना घाइते भएका छन् । यससँगै अक्टोबर ७, २०२३ यता मृत्यु हुनेको कुल सङ्ख्या ७२ हजार २ सय ३९ र घाइते हुनेको सङ्ख्या १ लाख ७१ हजार ८ सय ६१ पुगेको छ ।

सम्बन्धित समाचार

अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा

अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आईतवार देशको १८४८ को क्रान्ति र स्वतन्त्रता संग्रामको वार्षिकोत्सवको अवसरमा आयोजित एक विशाल ¥यालीमा हंगेरीलाई...

मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

मेडागास्करका राष्ट्रपति माइकल रान्ड्रियानिरिनाले आईतवार मामिटियाना राजोनारिसनलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको नियुक्ति समारोहमा रान्ड्रियानिरिनाले...

सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित

सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित

भुमजैथाई पार्टीका सांसद सोफोन जराम आईतवार थाइल्याण्डको प्रतिनिधि सभाको नयाँ सभामुखमा निर्वाचित हुनुभएको छ । थाई संविधानअनुसार प्रतिनिधि सभाका...

इरानले भन्यो: अमेरिकासँग वार्ता वा युद्धविरामका लागि अनुनय गरेका छैनौँ

इरानले भन्यो: अमेरिकासँग वार्ता वा युद्धविरामका लागि अनुनय गरेका छैनौँ

इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीले आफ्नो देशले अमेरिकासँग कहिल्यै युद्धविराम वा वार्ताका लागि कहिले अनुरोध नगरेको दाबी गरेका छन्।...