ग्लोबल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने
काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्न लागेको छ।
बैंकले ग्लोबल मनी विक २०२६ को मुख्य नारा ‘स्मार्ट मनि टक्स’लाई आत्मसात गरी यही मार्च १६ देखि मार्च २२, २०२६ सम्म बैंकका विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्नेछ ।
यसका साथै, बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजीक सञ्जालमार्फत् पनि प्रसारण गर्नेछ।
वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयमार्फत् विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यो आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढी शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरीसकेका छन्।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ।
ताजा अपडेट
-
१.
छ वर्ष कैद र २२ करोड जरिवाना तोकिएका श्रेष्ठ पक्राउ
-
२.
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग
-
३.
बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थाल्यो
-
४.
ग्लोबल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने
-
५.
जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
ट्रेन्डिङ
सम्बन्धित समाचार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग
काठमाडौँ। देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन...
बढ्यो सुनको भाउ
काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको...
निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्ने बताउनुभएको छ...
फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व
काठमाडौँ। सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८०...




