Breaking News

रास्वपाको प्रशिक्षणमा कडा नियम : फोटो खिच्न नपाइने, आफन्त पनि निषेध

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित पार्टीका सांसदहरूलाई भोलिदेखि दुई दिने अभिमुखीकरण तालिम दिँदै छ । ललितपुरको एक होटेलमा हुने तालिमका लागि रास्वपाले सांसदहरूलाई आचारसंहिता लगाएको छ ।

सूचनामा उल्लेख भएअनुसार कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ भने कार्यक्रमस्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछ । परिवारका सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण नगर्न निर्देशन गरिएको छ ।

चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था सांसदहरू स्वयम्‌कै हुने भनिएको छ । सांसदहरूले कार्यक्रमस्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट तथा फोटो खिच्ने वा बैठक नगर्न निर्देशन दिइएको छ ।

भद्र पोशाक लगाउन भनिएको छ । पत्रकारहरूलाई उद्घाटन र समापनसत्रमा मात्रै रिपोर्टिङका लागि आउन भनिएको छ । सभापति रवि लामिछानेले समापनसत्रलाई सम्बोधन गर्ने रास्वपाले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

श्रीराम ग्यास उद्योगले छ हजार सिलिन्डर लुकाएको भेटियो, ३ लाख जरिवाना

श्रीराम ग्यास उद्योगले छ हजार सिलिन्डर लुकाएको भेटियो, ३ लाख जरिवाना

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७...

यी हुन् प्रतिनिधिसभाका समानुपातिक सांसद

यी हुन् प्रतिनिधिसभाका समानुपातिक सांसद

काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। प्रति र रर रनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक...

धनराज गुरुङको निष्कर्ष : घर जलाएर आगो ताप्न थाल्दा कांग्रेस हार्यो

धनराज गुरुङको निष्कर्ष : घर जलाएर आगो ताप्न थाल्दा कांग्रेस हार्यो

काठमाडौं। नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फागुन २१ को निर्वाचन भदौ २३ र २४ को घटनाको दोस्रो ‘एपिसोड’ भनेर...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग

काठमाडौँ। देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन...