धनराज गुरुङको निष्कर्ष : घर जलाएर आगो ताप्न थाल्दा कांग्रेस हार्यो
काठमाडौं। नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फागुन २१ को निर्वाचन भदौ २३ र २४ को घटनाको दोस्रो ‘एपिसोड’ भनेर टिप्पणी गर्नुुभएको छ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले आफूले यो कुरा पहिल्यैदेखि भन्दै आए पनि कांग्रेसका नेताहरूले बुझ्न नसकेको जिकिर गर्नुुभएको हो।
‘भाद्र २३-२४ को घटनापछिको कांग्रेसको पहिलो कार्यसम्पादन समितिको बैठकमा भनेको थिएँ- यो पहिलो एपिसोड हो, दोस्रो एपिसोड बाँकी छ। जुनसुकै रूपमा दोस्रो एपिसोड आउन सक्छ। त्यसको सामना गर्न तयार रहनुपर्छ,’ गुरुङले लेख्नुभएको छ, ‘तर, यस विषयमा पदाधिकारी, पूर्वपदाधिकारी एवं वरिष्ठतम नेताहरूलाई ज्ञानको अभाव भयो कि!’
आफूले भनिरहँदा कतिपय नेताले बुझ्नै नचाहेको र कतिपय नेताको पदको महत्त्वाकांक्षले थिचिएको मानसपटलले बुझ्न नसकेको उहाँको भनाइ छ। ‘मैले भनेझैँ दोस्रो एपिसोड फागुन २१ निर्वाचनको रूपमा आयो। धेरैलाई थाहै भएन, यो भाद्र २३-२४ को दोस्रो एपिसोड हो,’ गुरुङले भन्नुुभयो।
आफूले ‘चुनाव लडौँ कि कसो गरौँ?’ भनेर सोध्ने केही नेताहरूलाई नलड्न सुझाएको पनि नेता गुरुङले बताउनुभयो। ‘किन कि यो भाद्र २३-२४ को दोस्रो एपिसोड हो भन्ने कुरामा म दुबिधामा थिइनँ,’ उहाँले भन्नुभएको छ।
आफूलाई सोधेर पनि चुनाव लड्ने नेताहरू हारेको बताउँदै गुरुङले अब चुकचुकाउनुको कुनै अर्थ नभएको जिकिर गरेका छन्। ‘राजनीतिमा विभिन्न घटनाक्रमहरू देखा पर्नु स्वाभाविक नै मानिन्छ। तर सम्भावित घट्नाको आकलन गर्न नसक्नु नेतृत्वको अदूरदर्शिता हो,’ उहाँले लेख्नुभएको छ‘अझ भाद्र २३-२४ को दोस्रो एपिसोड आउँछ भनेर मैले बैठकहरूमा पटक-पटक भन्दा पनि यसबारे अनभिज्ञता प्रदर्शन गर्नु मूर्खताको पराकाष्ठा नै हो।’
चुनावअघि कांग्रेसको घरमा आगो लगाएको भन्दै पार्टीको सर्मनाक हार भएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, `अनि चुनाव त भन्यौँ तर चुनावको समयमा हामी आफै कांग्रेसको घर जलाएर आगो ताप्न थाल्यौँ। यी यावत कारणहरू हुन्- पार्टीको सर्मनाक हार।’
बीपी कोइरालाको अनुयायी भन्नेले निर्वाचनमा सर्मनाक हार बेहोरेकामा जिम्मेवारी लिन तयार नभएको भन्दै गुरुङले आलोचना गर्नुभयो। ‘सामाजिक सञ्जालका भित्ता रङ्गाएर लाज छोपिन्न। लाज हरायो भन्दैमा बाटोमा निर्वस्त्र हिँड्नु हुँदैन। किनकि देख्नेलाई लाज हुन्छ,’ गुरुङले लेख्नुभयो।
ताजा अपडेट
-
१.
एनआरएनएलाई प्रधानमन्त्रीको आह्वान : नेपालको सद्भावना दूतका रूपमा रहेर मुलुकको विकास र समृद्धिमा योगदान दिनुहोस्
-
२.
श्रीराम ग्यास उद्योगले छ हजार सिलिन्डर लुकाएको भेटियो, ३ लाख जरिवाना
-
३.
यी हुन् प्रतिनिधिसभाका समानुपातिक सांसद
-
४.
धनराज गुरुङको निष्कर्ष : घर जलाएर आगो ताप्न थाल्दा कांग्रेस हार्यो
-
५.
कालीकोटमा करेन्ट लागेर एकको मृत्यु
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
श्रीराम ग्यास उद्योगले छ हजार सिलिन्डर लुकाएको भेटियो, ३ लाख जरिवाना
काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७...
यी हुन् प्रतिनिधिसभाका समानुपातिक सांसद
काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। प्रति र रर रनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक...
रास्वपाको प्रशिक्षणमा कडा नियम : फोटो खिच्न नपाइने, आफन्त पनि निषेध
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित पार्टीका सांसदहरूलाई भोलिदेखि दुई दिने अभिमुखीकरण तालिम दिँदै छ । ललितपुरको एक होटेलमा हुने...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग
काठमाडौँ। देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन...




