श्रीराम ग्यास उद्योगले छ हजार सिलिन्डर लुकाएको भेटियो, ३ लाख जरिवाना
काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७ वटा ग्यास सिलिन्डर फेला पारेको छ।
ग्यासको कृत्रिम अभाव सृजना गर्ने हेतुले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले सो उद्योगको गोदाममा १४.२ किलो तौल भरिएका ग्यास सिलिन्डर फेला पारेको हो। विभागले सो उद्योगलाई तीन लाख जरिवाना गराएको छ।
ती ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ।
ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर पर्नेगरी कृत्रिम अभाव सृजना नगरी वितरण प्रणाली सहज गर्न विभागले आग्रह गरेको छ।
पश्चिम एसियामा विकसित तनावका कारण ग्यास आपूर्ति नहुने आशङ्कामा उपभोक्ताले ग्यासको अधिक भण्डारण गर्दा वितरणमा समस्या भइरहेको निगमले जनाएको छ।
ताजा अपडेट
-
१.
एनआरएनएलाई प्रधानमन्त्रीको आह्वान : नेपालको सद्भावना दूतका रूपमा रहेर मुलुकको विकास र समृद्धिमा योगदान दिनुहोस्
-
२.
श्रीराम ग्यास उद्योगले छ हजार सिलिन्डर लुकाएको भेटियो, ३ लाख जरिवाना
-
३.
यी हुन् प्रतिनिधिसभाका समानुपातिक सांसद
-
४.
धनराज गुरुङको निष्कर्ष : घर जलाएर आगो ताप्न थाल्दा कांग्रेस हार्यो
-
५.
कालीकोटमा करेन्ट लागेर एकको मृत्यु
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
यी हुन् प्रतिनिधिसभाका समानुपातिक सांसद
काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। प्रति र रर रनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक...
धनराज गुरुङको निष्कर्ष : घर जलाएर आगो ताप्न थाल्दा कांग्रेस हार्यो
काठमाडौं। नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फागुन २१ को निर्वाचन भदौ २३ र २४ को घटनाको दोस्रो ‘एपिसोड’ भनेर...
रास्वपाको प्रशिक्षणमा कडा नियम : फोटो खिच्न नपाइने, आफन्त पनि निषेध
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित पार्टीका सांसदहरूलाई भोलिदेखि दुई दिने अभिमुखीकरण तालिम दिँदै छ । ललितपुरको एक होटेलमा हुने...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग
काठमाडौँ। देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन...




