अर्थ

घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.१० अंकले घटेको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि घटेको छ । आज एक अर्ब ३४ करोड रुपैयाँले सेयर कारोबार घटेको हो ।

आज सात अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार नौ अर्ब २० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो। आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ । १५० कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। सुपर मादी हाइड्रोपावर र मन्दकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये विकास बैंकको परिसूचक ०.८३ प्रतिशतले वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक स्थिर छ ।

बाँकी समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक घटेको छ । यो समूहको परिसूचक २.४३ प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...