शिखर पावर डेभलपमेन्टको आइपिओ बाँडफाँट
काठमाडौँ। शिखर पावर डेभलपमेन्टको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख ८४ हजार २६० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
यसमा कुल २६ लाख ८७ हजार ३४७ जनाले २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २६ लाख ५० हजार ८४७ आवेदन स्वीकृत भएको छ भने बाँकी ३६ हजार ५०० आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ।
कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो। कम्पनीले १०० रूपैयाँ अंकित मूल्यका कुल १८ लाख ४२ हजार ६०० कित्ता आइपिओ जारी गरेको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं। सेयरबजार आज १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्ज -नेप्से)का अनुसार सूचक ०.४८ प्रतिशतले बढेको...
सफलताका कथा : जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर
झापा। कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो । बिहान के खाउँ, बेलुका...
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु चार सय र चाँदी रु...
श्रीराम ग्यास उद्योगले छ हजार सिलिन्डर लुकाएको भेटियो, ३ लाख जरिवाना
काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७...




