अनमोलको ‘आफ्नो पन’ बजारमा
काठमाडौँ। पूर्वलडाकु एवं लेखक तारा राई ‘अनमोल’को दोस्रो पुस्तक ‘आफ्नोपन’ बजार आएको छ। साझा प्रकाशनले प्रकाशन गरेको १६८ पृष्ठको उपन्यासमा माओवादी सशस्त्र द्वन्दवको विषयका लेखिएको छ। १६ वर्षमा लडाकुमा होमिएकी अनमोल जीवनकाहनी समेत पुस्तकमा समेटिएको छ।
जनताका गीतहरू गाउँदै, हिँड्दै जाँदा तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा परेर लामो समय सैनिक हिरासत, प्रहरी हिरासत हुँदै इलाम, झापा र मोरङ जेलको कालकोठरीमा बन्दी जीवन बिताइन्।
३५० रुपैयाँ मूल्यको पुस्तकले मानव जीवनको नउधिनेको पाटोलाई बाहिर ल्याएको छ। उपन्यासमा पनि छापामार युवतीको डायरी जस्तै त्यहाँ नसमेटिका कथाव्यथालाई पात्रहरू मार्फत सरस शैलीमा पस्केकी छन् । बन्दीको मनोदशा र प्रेमलाई पनि उपन्यासले समेटेको छ।
लेखिका राईका अनुसार उपन्यास आफ्नोपन छापामार युवतीको डायरीभन्दा अघि नै लेखिएको थियो । २०६५ सालमा पाण्डुलिपि तयार गरेकी ताराले त्यसभन्दा पछि लेखेको छापामार युवतीको डायरीलाई बाहिर ल्याइन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
काठमाडौँ। यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति...
लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’
लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको मुख्य चुनौति रहेको एक अध्ययनले देखाएको छ ।...
राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको...
टीकापुर साहित्य महोत्सव चैत १३ देखि
टीकापुर । टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुने भएको छ । टीकापुर साहित्य समाजले आयोजना गर्ने महोत्सव २०८२ चैत्र १३...




