हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल
काठमाडौं। एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ। कम्पनीका अनुसार नाइन एन-एएफक्यू दर्ता नम्बरको हेलिकोप्टर मध्याह्न ११स्५१ बजे खोटाङको केपिलासगढी गाउँपालिका २ खार्तम्छाको बालाबेंसीमा अवतरणका क्रममा असामान्य अवस्थाको सामना गर्दै दुर्घटनाग्रस्त भएको कम्पनीले जनाएको छ ।
काठमाडौंबाट बेलाबेंशीतर्फ पुगेको उक्त हेलिकोप्टरमा चालकसहित ६ जना सवार थिए। प्रारम्भिक विवरणअनुसार सबै यात्रु तथा पाइलट सकुशल रहेको र कुनै मानवीय क्षतिको जानकारी प्राप्त नभएको कम्पनीले जनाएको छ। कम्पनीले घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको बताएको छ। कम्पनीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले प्रारम्भिक छानबिन थालिएको बताएका छन् ।
यसैबीच उक्त हेलिकप्टर दुर्घटनापछि उद्धारका लागि पुगेको अर्को हेलिकप्टरले पाइलट र एकजना घाइतेलाई लिएर काठमाडौं फर्किँदै छ । अन्य चार यात्रुको अवस्था सामान्य रहेको जानकारी खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मध्यपूर्व युद्धले अर्थपूर्ण मानिएको ट्रम्पको चीन भ्रमण अन्योलमा
मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित चीन भ्रमण अन्योलमा परेको छ। बेइजिङले...
खोटाङमा हेलिकप्टर दुर्घटना
काठमाडौँ। खोटाङमा केहीबेरअघि हेलिकप्टर दुर्घटना भएको छ। एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परेको प्रहरीले जनाएको छ ।काठमाडौंबाट शव लिएर गएको...
कञ्चनपुरमा छोराबाट आमाको हत्या
कञ्चनपुर। दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् । कञ्चनपुर जिल्ला...
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
काठमाडौँ। यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति...




