क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्ध तत्काल कारबाही गर्ने चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले टिप्पणी गर्दै अमेरिकाले क्युबामा आफ्नो प्रभाव विस्तार गर्न सक्ने चेतावनी दिएका हुन।
हालको विषम परिस्थितीले वासिङ्टनलाई क्युबा माथि चाँडै कारबाही गर्न प्रेरित गरिरहेको उल्लेख गर्दै उनीहरूले टापुले सामना गरिरहेको अत्यन्त कठिन परिस्थिति बारे प्रकाश पारेका छन्।
रुबियोले टापुको अर्थतन्त्र नियमसंगत र राजनीतिक तथा सरकारी प्रणाली रहेर सञ्चालन नभएकाले यसलाई तत्काल लयमा ल्याउन नसकिनेसमेत बताउनु भएको छ।
क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले उक्त टिप्पणीलाई आफ्नो देश विरुद्धको अमेरिकी धम्कीको रूपमा आलोचना गर्दै सामाजिक सञ्जाल एक्स मार्फत क्युबाले जस्तो सुकै अवस्थामा पनि आक्रमणको कडा प्रतिरोध गर्ने बताए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुवै बढ्दै : संयुक्त राष्ट्र संघ
काठमाडौँ। मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। संयुक्त...
मध्यपूर्व युद्धले अर्थपूर्ण मानिएको ट्रम्पको चीन भ्रमण अन्योलमा
मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित चीन भ्रमण अन्योलमा परेको छ। बेइजिङले...
पाकिस्तानले अस्पतालमा हमला गरेर ४०० जना मारेको अफगानिस्तानको आरोप
पाकिस्तानले काबुलको एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएको अफगानिस्तानले दाबी गरेको छ। राजधानीको एउटा लागूऔषध पुनर्स्थापना...
ट्रम्पको मागः सात देशले हर्मुज जलडमरुमा जहाजहरूलाई सुरक्षा दिऊन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको तेलमा अत्याधिक निर्भर रहेका करिव सात देशहरूसँग हर्मुज जलडमरु हुँदै जाने पानीजहाजहरूलाई सुरक्षा दिन...




