खेलकुद

महिला प्रधानमन्त्री टी २० कप क्रिकेट : उपाधि हत्याउन इन्दु र विन्दुको भिडन्त

काठमाडौं। महिला प्रधानमन्त्री टी–२० कप क्रिकेटको उपाधिका लागि विभागीय टिम एपीएफ र सुदूरपश्चिम आमनेसामने हुने भएका छन्। बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा स्थान पक्का गरेको हो।

सुदूरले दिएको ११३ रनको लक्ष्य पछ्याएको बागमतीले दुई बल बाँकी रहँदा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो।

योसँगै एपीएफबाहेक तीन टोलीले समान दुई अंक जोडेका थिए। तर, नेट रनरेटमा अगाडी रहँदै सुदूरपश्चिमले एपीएफसँगको भेट पक्का गर्‍यो। सुदूरपश्चिमको –०।७४१ नेट रनरेट रह्यो। आर्मीको –१.३२७ र बागमतीको –१.४६३ नेट रनरेट रह्यो।

योसँगै उपाधिका लागि साबिक विजेता एपिएफ र सुदूरपश्चिम भिड्ने भएका छन्। शुक्रबारकोअर्को खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ। रोचक कुरा चाहिँ, एपीएफको कप्तान इन्दु बर्मा राष्ट्रिय टोलीकी कप्तान हुन् भने सुदूरपश्चिमकी कप्तान राष्ट्रिय टिमकी उपकप्तान हुन्।

एउटै टोलीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने यी दुई खेलाडीबीच प्रधानमन्त्री कपमा आमनेसामने हुने भएका छन्। एपीएफ साविक विजेता भएकाले उपाधिको दावेदार हो। राष्ट्रिय टोलीका अधिकांश खेलाडी एपीएफसँग छन्। यता, सुदूरपश्चिम पनि क्रिकेटका राष्ट्रिय खेलाडी उत्पादन गर्ने कारखाना हो। सुदूरपश्चिमसँग पनि भविष्य बोकेका खेलाडी छन्। यसले यी दुईको प्रतिस्पर्धा रोचक बन्ने अनुमान छ।

सम्बन्धित समाचार

पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला

पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला

काठमाडौं। पश्चिम एसियामा जारी तनावका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित...

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...