
काठमाडौँ। पर्वत केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।
यो भूकम्प पर्वतसहित आसपासका जिल्लामा सामान्य महसुस भएको छ। गएको पुस महिनामा नेपालमा भूकम्पका १२ धक्का महसुस भएको थियो।