कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारीको भाउ बढेको छ। सबैभन्दा धेरै काउलीको मूल्य किलोमै २९ रुपैयाँ बढेको छ।
करेला, च्याउ, गोलभेँडा, भन्टासहितका तरकारीको मूल्य पनि बढेको छ। तर, भारतीय आलु र प्याजको भाउ भने थोरै घटेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४८, रातो आलु २०, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३४, तराईको गाँजर २०, लोकल बन्दा २१, स्थानीय काउली ५१, लाम्चो भन्टा ४५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।
तनेबोडी १५५, करेला १५०, लौका ५५, घिरौँला ७०, डल्ले फर्सी २५, पाकेको फर्सी ६५, भिन्डी १३३, कन्य च्याउ २८०, डल्ले च्याउ ३७५, सिताके च्याउ ९००, कुरिलो ४२५, न्यूरो ७५, ब्रोकाउली ८३ रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४५, रातो आलु १९, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २०, लोकल बन्दा २०, स्थानीय काउली २२, लाम्चो भन्टा ४०, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि तनेबोडी १५५, करेला १५०, लौका ५५, घिरौँला ६५, डल्ले फर्सी २५, पाकेको फर्सी ६५, भिन्डी १३२, कन्य च्याउ २२५, डल्ले च्याउ ३७५, सिताके च्याउ ९००, कुरिलो ४२५, ब्रोकाउली ५० रुपैयाँ प्रतिकिलो थियो।
ताजा अपडेट
-
१.
श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास
-
२.
अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो
-
३.
कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्यो
-
४.
संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल
-
५.
भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु
ट्रेन्डिङ
सम्बन्धित समाचार
४७ करोड लागतमा कोदारीको पहिरो नियन्त्रण शुरुः २ सय ५० घरधुरी जोखिममुक्त हुँदै
काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत कोदारी क्षेत्रमा विगत एक दशकदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणको काम शुरु भएको छ...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर...
हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल
काठमाडौं। एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ। कम्पनीका अनुसार नाइन एन-एएफक्यू दर्ता नम्बरको हेलिकोप्टर मध्याह्न ११स्५१...
खोटाङमा हेलिकप्टर दुर्घटना
काठमाडौँ। खोटाङमा केहीबेरअघि हेलिकप्टर दुर्घटना भएको छ। एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परेको प्रहरीले जनाएको छ ।काठमाडौंबाट शव लिएर गएको...




