मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि
काठमाडौँ। सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा मलेसिया भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ११।५ प्रतिशतले बढेर २९ करोड १ लाख पुगेको छ । मलेसियाको तथ्याङ्क विभागले एक विज्ञप्ति जारी गर्दै उक्त वर्ष आन्तरिक पर्यटन खर्च १२१ अर्ब रिंगिट (३०।८६ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ ।
यो खर्च अघिल्लो वर्षको तुलनामा १३।३ प्रतिशतको वृद्धि हो । समग्रमा, बढ्दो पर्यटक संख्या, उच्च पर्यटन खर्च र पर्यटनसँग सम्बन्धित उद्योगहरूको मजबुत प्रदर्शनका कारण मलेसियाको आन्तरिक पर्यटन क्षेत्र आर्थिक वृद्धिको मुख्य खम्बाका रूपमा रहिरहेको छ । विभागकाअनुसार सन् २०२५ मा देखिएको यो निरन्तरको वृद्धिले आन्तरिक मागलाई बलियो बनाउन, लघु, साना तथा मझौला उद्योगहरूलाई सहयोग पु¥याउन र समग्र आर्थिक लचिलोपन अभिवृद्धि गर्न यस क्षेत्रको महत्वपूर्ण भुमिकालाई प्रष्ट पारेको छ ।
चौथो त्रैमासिकको तथ्याङ्कअनुसार आन्तरिक पर्यटकको संख्या वार्षिक १०।८ प्रतिशतले बढेर ७ करोड ४० लाख पुगेको छ । सन् २०२५ को तेस्रो त्रैमासिकको तुलनामा भने चौथो त्रैमासिकमा पर्यटकको संख्या २ प्रतिशतले वृद्धि भएको देखिएको छ । पर्यटन गतिविधिमा भएको वृद्धिसँगै, चौथो त्रैमासिकमा आन्तरिक पर्यटन खर्च ३२।६ अर्ब रिंगिट पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२।४ प्रतिशतको बढोत्तरी हो । अघिल्लो त्रैमासिकको तुलनामा भने यो खर्च ९।१ प्रतिशतले बढेको पाइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो
राष्ट्रपति इल्हाम अलिएभको निर्देशनमा अजरबैजानले इरानलाई थप मानवीय सहायता पठाएको छ । छिमेकी राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न मार्च ८,...
कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्यो
पर्यटन मन्त्रालयको बुधवारको आधिकारिक प्रतिवेदनअनुसार कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३।८७ बिलियन अमेरिकी डलर कुल राजश्व आर्जन गरेको छ...
भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु
भारतीय राजधानी दिल्लीको एउटा बहुतले भवनमा बुधवार भएको भीषण आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य...
अमेरिकी केन्द्रिय बैंक (फेड) द्वारा ब्याजदर ३.५–३.७५ प्रतिशतमा स्थिर
अमेरिकी फेडरल रिजर्भले बुधवार बजारको अपेक्षा अनुरूप संघीय कोष दरको लक्ष्य दायरा ३.५ देखि ३.७५ प्रतिशतमा कायम राख्ने निर्णय...




