अन्तर्राष्ट्रिय

अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो

राष्ट्रपति इल्हाम अलिएभको निर्देशनमा अजरबैजानले इरानलाई थप मानवीय सहायता पठाएको छ । छिमेकी राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न मार्च ८, २०२६ मा अलिएभ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानबीच भएको टेलिफोन वार्ता पछि यो सहायताको व्यवस्था गरिएको हो ।

यस खेपमा ८२ टन सहायता सामग्री रहेको छ, जसमा ७६ टन खाद्यान्न, चार टन औषधि र दुई टन चिकित्सा उपकरणहरू समावेश छन् । यी सामग्रीहरू पाँचवटा ट्रकमार्फत ढुवानी गरिएका छन् । जसमा नजिकिँदै गरेको चाडपर्वको अवसरमा दिइने उपहार र नौरोजसँग सम्बन्धित सामग्रीहरू पनि रहेका छन् ।

अजरबैजानका लागि इरानका राजदुत मोजतबा डेमिर्चिलुले पत्रकारहरूसँग कुरा गर्दै इरानलाई मानवीय सहायता पठाउने पहिलो देश अजरबैजान भएकोमा तेहरानले यसको स्वागत गरेको बताउनु भयो । इरानलाई सहायता पु¥याउन ट्रान्जिट मार्गको रूपमा आफ्नो भूभाग प्रयोग गर्न अनुरोध गर्दै धेरै तेस्रो देशहरूले अजरबैजानलाई सम्पर्क गरेका छन् ।

सम्बन्धित समाचार

कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्‍यो

कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्‍यो

पर्यटन मन्त्रालयको बुधवारको आधिकारिक प्रतिवेदनअनुसार कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३।८७ बिलियन अमेरिकी डलर कुल राजश्व आर्जन गरेको छ...

भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु

भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु

भारतीय राजधानी दिल्लीको एउटा बहुतले भवनमा बुधवार भएको भीषण आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य...

मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि

मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि

काठमाडौँ। सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा मलेसिया भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ११।५ प्रतिशतले बढेर...

अमेरिकी केन्द्रिय बैंक (फेड) द्वारा ब्याजदर ३.५–३.७५ प्रतिशतमा स्थिर

अमेरिकी केन्द्रिय बैंक (फेड) द्वारा ब्याजदर ३.५–३.७५ प्रतिशतमा स्थिर

अमेरिकी फेडरल रिजर्भले बुधवार बजारको अपेक्षा अनुरूप संघीय कोष दरको लक्ष्य दायरा ३.५ देखि ३.७५ प्रतिशतमा कायम राख्ने निर्णय...