समाचार

काभ्रेमा फर्निचर र घरमा आगलागी, वृद्धाको मृत्यु

काठमाडौँ। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका साथै एक वृद्धाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार शुक्रबार राति ९:३० बजे उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा सोही उद्योगका कामदार काठमाडौँको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेका तोयानाथ दङ्गालकी श्रीमती ७० वर्षीया वृद्धा टीकादेवी दङ्गालको जलेर मृत्यु भएको हो। आगलागीमा घाइते तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

उद्योगबाट सुरू भएको आगोबाट नजिकका कृष्ण विकको कच्ची घर तथा धु्रवबहादुर विकको जस्तापाताको टहरोसमेत जलेका छन्। उक्त आगलागी पाँच वटा दमकलको सहायताबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा पौने दुई बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले बताइन्।

आगलागीबाट उद्योगको ८० लाख, अन्य दुई घरको रू १० लाख बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कनबाट देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पताल लगिएको छ।

सम्बन्धित समाचार

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले  मतदान भइरहेको आयोगको दावी

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदान भइरहेको आयोगको दावी

काठमाडौँ । निर्वाचन आयोगले देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदानको बढ्दै गएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद...

अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ

अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ

रौतहट। रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान साढे ११ बजे राजपुर नगरपालिका-९...

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथी आक्रमण भएको छ। वडा नम्बर–१० स्थित शंकर प्राबिको...