राजेश हमालको नाममा भ्रष्टाचार गर्ने ४ विरुद्ध मुद्दा
काठमाडौं । अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
अछामको ढकारी गाउँपालिकाले हमालको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्तका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
त्यस्तै आरजे ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल)विरुद्ध पनि मुद्दा दायर भएको छ ।
हमालको नाम जोडेर व्यक्तिगत निर्देशनसमेत भई चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ भुक्तानी गरिएको पाइएको अख्तियारले उल्लेख गरेको छ ।
यसमा अख्तियारले सार्वजनिक खरिद ऐन र नियमावली उल्लंघन भएको पनि स्मरण गराएको छ ।
अख्तियारले गाउँपालिका प्रमुखविरुद्ध भ्रष्टाचार भएको रकम बराबरको बिगो र थप सजाय पनि माग गरेको छ । बिगो रकम १२ लाख ७७ हजार २५० रुपैयाँ माग गरिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
काठमाडौं। अध्यागमन विभागले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित ७ फुटबल क्लबलाई छानबिनमा तानेपछि जारी...
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेता ज्ञानबहादुर शाहीलाई बनाउने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको...
यस्तो देखिए प्रमाणपत्र लिँदा समानुपातिक सांसद
समानुपातिकतर्फबाट निर्वाचित सांसदहरु प्रमाणपत्र लिँदै (तस्बिरहरु) अनुप प्रधान/ न्युज एजेन्सी नेपाल
स्थानीय तह र प्रदेश सभा सदस्यको निर्वाचन एकैपटक गर्नुपर्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्न आवश्यक रहेको बताउनुभएको...




