अन्तर्राष्ट्रिय

ऊर्जा संरचना आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ।

कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइए पनि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादनमा व्यापक क्षति पुगेको जनाइएको छ, जसले विश्व ऊर्जा आपूर्तिमा अनिश्चितता थपेको छ।

गृह मन्त्रालयका अनुसार नागरिक सुरक्षा टोलीले आगलागी नियन्त्रणमा लिए पनि साइट सुरक्षित बनाउने र चिस्याउने काम जारी छ।

यसैबीच, इरानले यस वर्षको सुरुतिर भएको अशान्तिका क्रममा प्रहरी अधिकारीहरूको हत्या गरेको र अमेरिका तथा इजरायलको पक्षमा काम गरेको आरोपमा तीन जनालाई मृत्युदण्ड दिएको जनाएको छ।

उता, कतारले आक्रमणको प्रतिक्रियास्वरूप केही इरानी कूटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ।

द्वन्द्वको तनाव थप चर्किँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भए इरानको विशाल दक्षिण पार्स ग्यास क्षेत्र नै ध्वस्त पार्ने चेतावनी दिएका छन्।

ट्रम्पले इजरायलले सो क्षेत्रमा आक्रमण गरेको पुष्टि गरे पनि अमेरिकालाई त्यसबारे जानकारी नभएको दावी गरेको छ।

यता, इरानले पनि आफ्नो ऊर्जा पूर्वाधारमा थप आक्रमण भए खाडी क्षेत्रका तेल र ग्यास उद्योग पूर्ण रूपमा नष्ट गर्ने चेतावनी दिएको छ।

पूर्वाधारमाथि आक्रमण रोक्न तत्काल कदम चाल्न आग्रह गर्दै सम्बन्धित पक्षहरूसँग छलफल गर्नुभएको जानकारी दिए।

सम्बन्धित समाचार

अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो

अजरबैजानले इरानलाई थप मानवीय सहायता पठायो

राष्ट्रपति इल्हाम अलिएभको निर्देशनमा अजरबैजानले इरानलाई थप मानवीय सहायता पठाएको छ । छिमेकी राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न मार्च ८,...

कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्‍यो

कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्‍यो

पर्यटन मन्त्रालयको बुधवारको आधिकारिक प्रतिवेदनअनुसार कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३।८७ बिलियन अमेरिकी डलर कुल राजश्व आर्जन गरेको छ...

भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु

भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु

भारतीय राजधानी दिल्लीको एउटा बहुतले भवनमा बुधवार भएको भीषण आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य...

मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि

मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि

काठमाडौँ। सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा मलेसिया भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ११।५ प्रतिशतले बढेर...