अमेरिकी विमान हामीले आक्रमण गर्यौँ : इरान
जारी युद्धका बिच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५ लडाकु विमानलाई आक्रमण गरिएको दाबी गरेको छ।
आईआरजीसीले आक्रमणको भिडिओ पनि सार्वजनिक गरेको छ। तर भिडिओ स्वतन्त्र रूपमा प्रमाणित हुन बाँकी छ।
यसैबिच अमेरिकी केन्द्रीय कमान्डले पनि के स्वीकार गरेको छ भने इरानविरुद्ध हमलाका क्रममा एफ-३५ जेटले आपत्कालीन अवतरण गर्नुपरेको थियो। विमान मध्यपूर्वी देशमा अवतरण गरिएको थियो।
सीएनएनको रिपोर्टअनुसार कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विमानले आपत्कालीन अवतरण गरेको र पाइलट सुरक्षित रहेको बताएका छन्। घटनाको अनुसन्धान जारी छ। यद्यपि अमेरिकाले इरानले आक्रमण गरेको प्रत्यक्ष रूपमा पुष्टि गरेको छैन।
रिपोर्टअनुसार जारी द्वन्द्वका बिच इरानले अमेरिकी सैन्य विमानलाई निसाना बनाएको यो पहिलोपटक हुन सक्छ।
एफ-३५ लाई संसारको सबैभन्दा उन्नत लडाकु विमानमध्ये एक मानिन्छ र यसको लागत १०० मिलियन डलरभन्दा बढी छ।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ।
बदलामा इरानले इजरायलका साथै अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा पनि ड्रोन/क्षेप्यास्त्र प्रहार गर्दा मध्यपूर्वभरि युद्ध फैलिएको छ।
यसैबिच इजरायलले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको पनि हत्या गरेको छ।
यसपछि आक्रोशित इरानका सैन्य प्रमुख अमिर हतामीले यसको ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।
इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।
तत्कालीन सर्वोच्च नेता खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाएको छ।
इजरायलले अब उनलाई पनि मारिने धम्की दिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सिन्धुलीमा चट्याङ लागेर महिला गम्भीर घाइते
काठमाडौं। सिन्धुलीमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छन्। बिहीबार साँझ घ्याङलेख गाउँपालिका-५ सिरडाँडा बस्ने ५४ वर्षीया बिमाया...
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्दै सरकार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयका...
नेतन्याहुले भने: ‘म अझै जीवित छु
इरानसँग जारी युद्धका बिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पत्रकार सम्मेलन गर्दै आफू जीवित रहेको जानकारी गराएका छन्। बिहीबार राति...
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
काठमाडौं। अध्यागमन विभागले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित ७ फुटबल क्लबलाई छानबिनमा तानेपछि जारी...




