Breaking News

रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना

काठमाडौं । नेपाल जेनजी फ्रन्टले आफ्नो संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ।

फ्रन्टले भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जारी शान्तिपूर्ण आन्दोलनका क्रममा संयोजक बममाथि दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएको हो।

संविधानले सुनिश्चित गरेको शान्तिपूर्ण भेला हुने तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै आन्दोलन गरिरहेकी एक अभियन्तामाथि आक्रमण हुनु लोकतान्त्रिक मूल्य विपरीत भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक अधिकारको प्रयोग गर्दै सत्य र न्यायको आवाज उठाइरहेकी एक आन्दोलनकारीमाथि यसप्रकारको आक्रमण एक सभ्य लोकतान्त्रिक समाजमा कदापि सह्य हुन सक्दैन । हामी के पनि स्मरण गराउन चाहन्छौँ भने भदौ २३ को त्यो कहालीलाग्दो दिनरात, आफन्तको शव बोकेको पीडा, शरीरमा बोकेका घाउ र मनमा बाँकी रहेको आक्रोश हाम्रो मनमा ताजै छ।’

आन्दोलनका घाइते र शहीद परिवारका साथीको रिस, पीडा, आक्रोश र प्रश्नहरू स्वाभाविक भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘ती आँसु र त्यो आक्रोशप्रति हामी सधैँ सम्मान व्यक्त गर्नेछौँ। प्रश्नबेगरका आन्दोलनहरू त कमजोर हुन्छन्। कुनै पनि आन्दोलनमा असहमति र प्रश्नहरू हुनु त्यस आन्दोलन जीवन्त रहेको प्रमाण हो।’

सम्बन्धित समाचार

मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष

मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष

काठमाडौँ। नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले मुलुकमा दुई तिहाई बहुमतको सरकार बन्ने अवस्था आउँदा न्यायपालिकामाथि प्रहार हुने...

चट्याङ परेका बेला के नगर्ने?

चट्याङ परेका बेला के नगर्ने?

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आजदेखि देशका विभिन्न ठाउँमा असिना,चट्याङसहित पानी पर्ने जनाएको छ। विभागका अनुसार आज दिउँसो...

सहकारीपीडित भन्छन्- वाचापत्रमा लेखेको सय दिने प्रक्रिया हामीले नि सम्झेका छौँ

सहकारीपीडित भन्छन्- वाचापत्रमा लेखेको सय दिने प्रक्रिया हामीले नि सम्झेका छौँ

काठमाडौं। सहकारीमा डुबेको बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितले काठमाडौँको माईतीघर मण्डलमा प्रदर्शन गरेका छन्। शुक्रबार उनीहरूले सरकारको...

सिन्धुलीमा चट्याङ लागेर महिला गम्भीर घाइते

सिन्धुलीमा चट्याङ लागेर महिला गम्भीर घाइते

काठमाडौं। सिन्धुलीमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छन्। बिहीबार साँझ घ्याङलेख गाउँपालिका-५ सिरडाँडा बस्ने ५४ वर्षीया बिमाया...