अर्थ

काठमाडौँका यी स्थानमा आज जाँदैछ विद्युत्

काठमाडौं । काठमाडौंका केही स्थानमा सोमबार पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आज इमाडोल(बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् सेवा बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार माघ १८ गतेसम्म विद्युत् अवरुद्ध हुनेछ। माघ १५ गते गोठाटार ९जोरपाटी० फिडरअन्तर्गत मानटार चोक क्षेत्र र माघ १६ गते मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। यस्तै माघ १७ गते शंखमुल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र र माघ १८ गते केएससी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...