सिरियाले सार्वजनिक क्षेत्रको पारिश्रमिकमा ५० प्रतिशतले वृद्धि गर्ने
सिरियाका अन्तरिम नेता अहमद अल–शाराले शुक्रवार जीवनस्तर सुधार गर्ने प्रयासमा सार्वजनिक क्षेत्र र राज्य–संवद्ध निकायका कर्मचारीहरूको पारिश्रमिकमा ५० प्रतिशतले वृद्धि गर्ने आदेश जारी गर्नुभएको छ । यो आदेशले सरकारी मन्त्रालय, सार्वजनिक संस्थान, राज्यको स्वामित्वमा रहेका उद्यम र प्रशासनिक विभागका साथै राज्यको ५० प्रतिशतभन्दा कम नहुने हिस्सा भएका संयुक्त उपक्रमका कर्मचारीहरूलाई समेट्छ ।
आदेशअनुसार यो समायोजन जारी भएको समयमा लागू रहेको निश्चित तलबमा आधारित हुनेछ र यसमा विद्यमान कानुन अन्तर्गतका बढुवासम्बन्धी भत्ताहरू समावेश हुनेछन् । यो आदेश निश्चित सर्तहरू अन्तर्गत अस्थायी, ज्यालादारी र करारमा काम गर्ने कर्मचारीहरू, साथै आंशिक समय काम गर्ने र उत्पादनको आधारमा भुक्तानी पाउनेहरूका लागि पनि लागू हुनेछ ।
यसैबीच, यो आदेशले यसअघि नसमेटिएका क्षेत्रहरूका लागि मे १ देखि लागू हुनेगरी सामान्य न्यूनतम पारिश्रमिक प्रतिमहिना १२ हजार ५ सय ६० सिरियाली पाउण्ड ९करिव १।१ अमेरिकी डलर० तोकेको छ ।
ताजा अपडेट
-
१.
खाडी युद्ध नेपालको अर्थतन्त्रका लागि गम्भीर चुनौती : अध्यक्ष अग्रवाल
-
२.
सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो
-
३.
पूर्वप्रधानमन्त्री देउवा हङकङतिर
-
४.
इरानद्वारा संयुक्त अरब इमिरेट्सलाई आफ्नो क्षेत्रबाट इरानविरुद्व आक्रमण गर्न नदिन चेतावनी
-
५.
यही पारा हो भने एमालेको सिट संख्या स्कुटरमा अट्ने जति हुन्छ : सुरेन्द्र पाण्डे
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो
काठमाडौँ। कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौँस्थित...
इरानद्वारा संयुक्त अरब इमिरेट्सलाई आफ्नो क्षेत्रबाट इरानविरुद्व आक्रमण गर्न नदिन चेतावनी
इरानी सेनाले शनिवार संयुक्त अरब इमिरेट्सलाई रणनीतिक स्ट्रेट अफ होर्मुज नजिकैका विवादित टापुमा आफ्नो क्षेत्रबाट आक्रमण गर्न नदिन चेतावनी...
मौसम विभाग भन्छ : अबको केही समयमा पानी रहन्छ
काठमाडौं। शुक्रबारदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणालीका कारण बितेका २४ घण्टामा देशका अधिकांश भूभागमा मेघगर्जन/चट्याङ, असिना तथा हुरीबताससहित वर्षा...
मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको महाराजगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा
काठमाडाैँ। हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएकाे छ। रामनवमी र इदको अवसरमा...




