इरानद्वारा संयुक्त अरब इमिरेट्सलाई आफ्नो क्षेत्रबाट इरानविरुद्व आक्रमण गर्न नदिन चेतावनी
इरानी सेनाले शनिवार संयुक्त अरब इमिरेट्सलाई रणनीतिक स्ट्रेट अफ होर्मुज नजिकैका विवादित टापुमा आफ्नो क्षेत्रबाट आक्रमण गर्न नदिन चेतावनी दिएको छ।
इरानी सेनाले विज्ञप्ती जारी गर्दै यदि संयुक्त अरब इमिरेट्सको क्षेत्रबाट इरान विरुद्ध कुनै आक्रमण भयो भने, इरानले संयुक्त अरब इमिरेट्समा आक्रमण गर्ने चेतावनी दिएको छ।
अबु मुसा र ग्रेटर टुनब टापुहरू, जुन इरानद्वारा नियन्त्रित छन् भने लामो समयदेखि दुई देशहरू बीच विवादको विषय बनेका छन्।
यी टापुहरू होर्मुज जलक्षेत्रको प्रवेशद्वार नजिकै खाडीमा अवस्थित छन्, जसबाट सामान्यतया विश्वको तेलको अधिकाशं भाग निर्यात हुन्छ।
हाल चर्किरहेको क्षेत्रीय युद्धले समुद्री यातायात अवरुद्ध भएको छ, जुन फेब्रुअरी– २८ मा इरानमा अमेरिका र इजरायलीको संयुक्त आक्रमणबाट सुरु भई मध्य पूर्वमा फैलिएको छ।
इरानले खाडी मुलुकहरूलाई अमेरिकी सेनालाई आफ्नो क्षेत्रबाट इरानविरुद्ध आक्रमण गर्न दिएको आरोप लगाउँदै ती देशहरूमा रहेका अमेरिकी निकायविरुद्ध मिसाइल तथा ड्रोन आक्रमणहरू सुरु गरेको छ।
ताजा अपडेट
-
१.
खाडी युद्ध नेपालको अर्थतन्त्रका लागि गम्भीर चुनौती : अध्यक्ष अग्रवाल
-
२.
सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो
-
३.
पूर्वप्रधानमन्त्री देउवा हङकङतिर
-
४.
इरानद्वारा संयुक्त अरब इमिरेट्सलाई आफ्नो क्षेत्रबाट इरानविरुद्व आक्रमण गर्न नदिन चेतावनी
-
५.
यही पारा हो भने एमालेको सिट संख्या स्कुटरमा अट्ने जति हुन्छ : सुरेन्द्र पाण्डे
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो
काठमाडौँ। कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौँस्थित...
मौसम विभाग भन्छ : अबको केही समयमा पानी रहन्छ
काठमाडौं। शुक्रबारदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणालीका कारण बितेका २४ घण्टामा देशका अधिकांश भूभागमा मेघगर्जन/चट्याङ, असिना तथा हुरीबताससहित वर्षा...
मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको महाराजगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा
काठमाडाैँ। हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएकाे छ। रामनवमी र इदको अवसरमा...
मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छः प्रवक्ता सापकोटा
काठमाडौँ। हाल मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालीहरुमा मानसिक त्रास बढ्दो क्रममा रहेको छ । मध्यपुूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास...




