अर्थ

खाडी युद्ध नेपालको अर्थतन्त्रका लागि गम्भीर चुनौती : अध्यक्ष अग्रवाल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले खाडी युद्ध नेपालको अर्थतन्त्रको लागि गम्भीर चुनौतीको रूपमा देखा पर्नसक्ने बताउनुभएको छ।

शनिवार भएको नेपाल व्यापार संघको ३३ औँ वार्षिक साधारणसभा तथा १७ औँ अधिवेशनमा उनले खाडी युद्धले नेपालको अर्थतन्त्रमा गम्भीर असर पार्ने बताउनुभएको हो। उहाँले हर्मुज घाटीमा बढ्दो तनावका कारण इन्धन आपूर्तिमा समस्या भइरहेकाले आगामी दिनमा आर्थिक चुनौती थप बढ्ने बताउनुभयो।

उहाँका अनुसार नेपालले भारतमार्फत इन्धन आयात गर्ने गरेको छ। भारतले ठूलो मात्रामा कच्चा तेल र एलपीजी विभिन्न देशबाट आयात गर्ने र त्यसको अधिकांश हिस्सा हर्मुज घाटी हुँदै ल्याउने उहाँले बताउनुभयो। उहाँले नयाँ सरकारले यस चुनौतीलाई गम्भीरतापूर्वक लिएर प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।

अग्रवालले भन्नुभयो, `हाम्रा लागि खाडीको युद्धले विश्व अर्थतन्त्रमा नकरात्मक प्रभाव पारिरहेको छ। नेपालले भारतबाट तेल आयात गर्छ, भारतले ९० प्रतिशत कच्चा तेल र ६० प्रतिशत एलपिजी ग्यास विभिन्न देशबाट आयात गर्छ। आयात हुने एलपिजी ग्यासको ९० प्रतिशत त्यो हर्मुजघाटीबाट आयात हुन्छ। यसले आगामी अर्थतन्त्रमा हाम्रा सामु धेरै ठूलो चुनौती आउने सम्भावना देखिन्छ।’

उहाँले पछिल्लो समय जेनजी आन्दोलनका कारण निजी क्षेत्रको मनोबल कमजोर भएको उल्लेख गर्दै सरकारले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिनुपर्नेमा जोड दिनुभयो। उहाँले रास्वपाले चुनावी घोषणापत्रमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख गरेकाले अर्थतन्त्रको आकार उल्लेखनीय रूपमा विस्तार हुने बताउनुभयो।

उहाँले हालको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन कानूनी सुधार, सहकारी क्षेत्रको समस्या समाधान र सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

सम्बन्धित समाचार

मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छः प्रवक्ता सापकोटा

मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छः प्रवक्ता सापकोटा

काठमाडौँ। हाल मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालीहरुमा मानसिक त्रास बढ्दो क्रममा रहेको छ । मध्यपुूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास...

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’

फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

बाइडबडी छानबिनका लागि समिति गठन

बाइडबडी छानबिनका लागि समिति गठन

काठमाडौँ । नेपाल वायु सेवा निगमको बेथिती र वाइडबडी जहाजमा भएको घाेटालाको छानबिन गर्न समिति गठन गरिएको छ ।...