समाचार

मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु

काठमाडौँ। सल्यानमा मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु भएको छ। कुमाख गाउँपालिका ७ हिलेका २६ वर्षीय गोपाल डाँगीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार बेलुकी पौने ८ बजेतिर रा ७ प ४५५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। मोटरसाइकल दार्मा गाउँपालिका वड नम्बर ४ मौलाहाल्ने बजार नजिकैको सडकबाट तल खसेको थियो।
दुर्घटनामा घाइते भएका डाँगीको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा बेलुकी साढे ९ बजेतिर मृत्यु भएको प्रहरी प्रवक्ता बाबुराम बस्नेतले बताए।

सम्बन्धित समाचार

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु

भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...

पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै

पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै

ललितपुर । पुल्चोकस्थित दाउरा थकाली रेष्टुरेन्टमा आगलागी हुँदा पूर्णतः क्षति भएको छ । रुफटप सहित रेष्टुरेन्टको दुई तला पूर्ण...

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...