दाउन्नेमा एकतर्फी सवारी सञ्चालन, लामो जामले यात्रु सास्तीमा
नवलपुर । शुक्रबारदेखि अवरुद्ध रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा अहिले पालैपालो एकतर्फी सवारी सञ्चालन हुन थालेको छ । लगातारको वर्षाका कारण सडक चिप्लो भएपछि गाडी उक्लिन नसक्दा यात्रुले लामो समयसम्म सास्ती भोग्नुपरेको थियो ।
शुक्रबार साँझदेखि वर्षा रोकिए पनि सडक चिप्लो भएकाले पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधन बर्दघाटको उकालो र पूर्वबाट पश्चिम जाने सवारी साधन दुम्किवासको उकालो उक्लिन सकेका थिएनन् । पैसट्ठी मोड र घ्यू खोलाको क्षेत्र सबैभन्दा जोखिमपूर्ण बनेको इलाका प्रहरी कार्यालय दुम्किवासले जनाएको छ ।
हाल बिहानदेखि पालैपालो एकतर्फी रूपमा सवारी साधन पास गराउने काम भइरहेको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक थम्मन सिंह थापाले जानकारी दिनुभयो । शुक्रबार साँझदेखि पश्चिमतर्फ जाने ठूला मालवाहक सवारी साधन कावासोतीको जंगल क्षेत्रमा र पूर्वतर्फ जाने सवारी साधन बर्दघाटमा रोकिएका थिए ।
आज बिहान ती सवारी साधन छुट्न थालेपछि सडकमा लामो जाम लागेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार करिब पाँचदेखि सात किलोमिटरसम्म सवारी जाम रहेको छ ।
नारायणघाट–बुटवल सडकखण्डको अधिकांश भाग कालोपत्रे भए पनि दाउन्नेको करिब तीन–चार किलोमिटर सडक अझै ढलान हुन नसक्दा यात्रुले सधैं सास्ती भोग्दै आएका छन् । वर्षा हुँदा सडक चिप्लिएर सवारी उकालो चढ्न नसक्ने समस्या हुन्छ भने घाम लाग्दा धुलोले थप समस्या निम्त्याउने गरेको छ ।
सम्बन्धित समाचार
कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...
कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु
बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ ।...
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...




