Breaking News

इरानले गर्‍यो पहिलोपटक लामो दूरीका मिसाइल प्रहार, इजरायली परमाणु केन्द्र नजिक दर्जनौं मानिस घाइते

इजरायली अधिकारीहरूले शनिबार इरानी सेनाले पहिलोपटक लामो दूरीका मिसाइल प्रहार गरेको बताएका छन् । यसले मध्यपूर्वभन्दा बाहिरसम्म आक्रमणको जोखिम बढाएको छ । यसैबीच, इरानको एक आक्रमणमा इजरायलको परमाणु केन्द्र नजिकै दर्जनौं मानिस घाइते भएका छन् ।

इजरायली सैन्य प्रमुख एयाल जामिरका अनुसार इरानले हिन्द महासागरस्थित अमेरिकी–बेलायती सैन्य अड्डा डिएगो गार्सियातर्फ ४ हजार किलोमिटर दूरीसम्म पुग्ने दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेयता यो पहिलोपटक इरानले लामो दूरीका मिसाइल प्रयोग गरेको इजरायली सेनाले जनाएको छ । जामिरले एक विज्ञप्तिमा भनेका छन्, ‘यी मिसाइलहरू इजरायललाई मात्र लक्षित होइनन् । यिनको पहुँच युरोपका राजधानीहरूस बर्लिन, पेरिस र रोमसम्म पुग्छ, जसले ती शहरहरूलाई प्रत्यक्ष जोखिममा पार्छ ।’ बेलायतको रक्षा मन्त्रालयका एक स्रोतका अनुसार उक्त आक्रमण शुक्रबार अमेरिकी सेनालाई बेलायती सैन्य अड्डा प्रयोग गर्ने अनुमति दिइनुअघि नै भएको थियो ।

अमेरिका र इजरायलले आक्रमण शुरू गरेयता इरानमा २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यस्तै, युद्ध शुरू भएयता इरानी आक्रमणमा इजरायलमा १५ जनाको ज्यान गएको छ । शनिबार राति इरानी मिसाइलहरूले दक्षिणी इजरायलका डिमोना र अराद शहरमा प्रहार गर्दा बालबालिकासहित दर्जनौं मानिस घाइते भएका छन् । इरानको रिभोल्युसनरी गार्ड्सले आइतबार बिहान जारी वक्तव्यमा दक्षिणी इजरायलका सैन्य संरचना र सुरक्षा केन्द्रहरूलाई लक्षित गरिएको जनाएको छ ।

इजरायली सेना प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सामाजिक सञ्जाल एक्समार्फत देशको वायु प्रतिरक्षा प्रणाली सक्रिय भए पनि आक्रमण रोक्न नसकिएको बताएका छन् । ‘हामी घटनाको अनुसन्धान गर्नेछौं र यसबाट सिक्नेछौं’, उनले भने। इजरायलको गोप्य परमाणु रिएक्टर डिमोनाबाट करिब १३ किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ । यी दुवै शहर देशका ठूला सैन्य अड्डामध्ये एक नेभाटिम एयर बेस नजिक रहेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरादमा भएको आक्रमणपछि वक्तव्य जारी गरेका छन् । ‘हाम्रो भविष्यका लागि लडाइँको अत्यन्त कठिन साँझ हो’, उनले भनेका छन्, ‘हामी आफ्ना शत्रुहरूमाथि सबै मोर्चाबाट आक्रमण जारी राख्न दृढ छौं ।’

सम्बन्धित समाचार

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति २२ देशको निन्दा

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति २२ देशको निन्दा

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)सहित २२ देशले संयुक्त विज्ञप्ति जारी गरेर स्ट्रेट अफ होर्मुजमा जहाजमाथि भएका आक्रमणको निन्दा...

निर्वाचन आयोगले मतपरिमाणसहित प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

निर्वाचन आयोगले मतपरिमाणसहित प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख...

राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा

राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा

काठमाडौं । डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको निर्देशन समिति अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

२१ ठाउँमा अन्तर्घात भएको कांग्रेसको निष्कर्ष

२१ ठाउँमा अन्तर्घात भएको कांग्रेसको निष्कर्ष

काठमाडौं।नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष...