इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु
काठमाडौँ । ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको हो ।
पर्खाल भत्किएर गम्भीर घाइते भएकी खड्काको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सो घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा रुकुम घर भई सोही इँट्टाभट्टामा काम गर्ने २७ वर्षीय जानकी चन्द, सल्यानकी २७ वर्षीय शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीय नन्दकुमारी मगर र दाङकी १९ वर्षीय सुमा कुमाल रहेका छन् । गम्भीर घाइते चन्दलाई भने थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
अहिले प्रहरी वृत्त सातदोबाटोबाट खटिएका प्रहरी टोलीले उद्धारको काम गरिरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति २२ देशको निन्दा
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)सहित २२ देशले संयुक्त विज्ञप्ति जारी गरेर स्ट्रेट अफ होर्मुजमा जहाजमाथि भएका आक्रमणको निन्दा...
निर्वाचन आयोगले मतपरिमाणसहित प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख...
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
काठमाडौं । डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको निर्देशन समिति अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा...
२१ ठाउँमा अन्तर्घात भएको कांग्रेसको निष्कर्ष
काठमाडौं।नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष...




