इरानले भन्यो: हामीलाई संयमता अपनाऊ भन्नुको कुनै अर्थ छैन
इरानको विदेश मन्त्रालयले आफ्नो देशलाई संयमताका लागि अपिल गर्नुको कुनै अर्थ नभएको बताएको छ।
इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आक्रमण भएको देशबाट यस्तो कुराको अपेक्षा गर्नु अनुचित भएको बताएका हुन्।
उनले भनेका छन्, ‘युद्ध रोक्ने जिम्मेवारी तिनै देशको हो, जसले सुरुवात गरे।’
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई आक्रमण गरेयता युद्ध जारी छ।
पहिलो दिनकै आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा वरिष्ठ अधिकारी मारिए।
बदलामा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकाका सहयोगी देशमा हवाई हमला गर्दा पूरै मध्यपूर्व द्वन्द्वमा फसेको छ।
यसैबिच इरानले शनिबारदेखि इजरायलविरुद्ध आक्रमण तीव्र पारेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गगन थापाको राजीनामा अस्वीकृत
काठमाडौं। नेपाली कांग्रेसको सभापतिबाट गगन थापाले दिएको राजीनामा औपचारिक रूपमा अस्वीकृत भएको छ । सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति...
फर्जी उद्धार प्रकरण : ३२ जनाविरूद्ध मुद्दा दायर
काठमाडौँ । नेपालमा पदयात्रामा आउने पर्यटकको बिमा रकम असुलीका लागि फर्जी उद्धारका नाममा भएको ठगी घटनामा ३२ जनाविरुद्ध मुद्दा...
नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न उठेको छ : मसाल
काठमाडौं। नेकपा मसालले प्रतिनिधिसभाको निर्वाचनपछि नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न उठेको जनाएको छ । हालैसम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकबारे...
इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति २२ देशको निन्दा
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)सहित २२ देशले संयुक्त विज्ञप्ति जारी गरेर स्ट्रेट अफ होर्मुजमा जहाजमाथि भएका आक्रमणको निन्दा...




