आइतवार, भदौ १, २०८२
English
Follow us:

रविको पुनरावेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

रविको पुनरावेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

  • खबर सेवा

  • मङ्लबार, माघ १५, २०८१

  • 117
    SHARES
रविको पुनरावेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दर्ता गराएको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन मगाउन आदेश दिएको छ ।न्यायाधीश मिलनकुमार राईको इजालसले जिल्ला अदालत कास्कीसँग कैफियत प्रतिवेदन मगाउन आदेश दिएको हो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रविलगायत ७ जना प्रतिवादीलाई छाड्न थुनछेक आदेश दिएको थियो ।

रविले धरौटी रकम बढी भएकाले साधारण तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न पाउँ भन्ने जिकिरसहित सोमबार उच्चमा निवेदन दर्ता गराएका थिए ।

 

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology