अर्थ

नेप्सेाा उछाल

काठमाडौँ। सेयरबजारमा ५४.५१ अंकको उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १.८९ प्रतिशतले बढेर २९३१.५५ विन्दुमा पुगेको हो।

सूचकसँगै आइतबार कारोबार रकममा पनि उछाल देखिएको छ। पछिल्लो ८ महिनायताकै उच्च कारोबार भएको छ। आइतबार कुल २३ अर्ब ५९ करोड बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। कुल ६ करोड १४ लाख बढी कित्ता किनबेचमा यो कारोबार भएको हो। यो कारोबार गत साउन ११ यताकै उच्च कारोबार हो। गत साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो।

आइतबार १८३ वटा सेयरको मूल्य बढ्दा ७३ वटाको घटेको र ८ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। यस दिन ६ वटा सेयर १० प्रतिशतले बढेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट ब्रेक लागेको हो।

यी कम्पनीका सेयरधनीले क्रमशः प्रतिकित्ता १९६, १३८.८०, १२५, १०९.८०, ४३.९० र २७ रुपैयाँ आम्दानी गरे। होटल फरेस्ट इन, विजय लघुवित्त र एनआईसी एसिया लघुवि१का सेयरधनीले पनि क्रमशः ९.९८, ९.९५ र ९.१८ प्रतिशत आम्दानी गरेका छन्।

आज सबैभन्दा धेरै गुमाउनेमा एनआईसी एसिया ब्यालेन्स्ड फन्ड, सुपर मादी हाइड्रोलगायत छन्। यी सेयरधनीले अधिकतम ५.७१ प्रतिशतसम्म मात्र गुमाएका छन्। सर्वाधिक कारोबारमा कुमारी बैंक अगाडि छ। बैंकको ८५ करोड ९६ लाखको कारोबार भएको छ। त्यसैगरी नेशनल हाइड्रोपावर कम्पनीको ७७ करोड, शिवम् सिमेन्ट ७५ करोड, ङादी ग्रुप पावर ७२ करोड र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ७१ करोडको सेयर कारोबार भएको छ।

आइतबार व्यापार सूचक घटे पनि बाँकी सबै बढेको नेप्सेले जनाएको छ। आज माइक्रोफाइनान्स ४.२१ प्रतिशतले बढ्दा होटल तथा पर्यटन ३.०५, वाणिज्य बैंक २.४९, विकास बैंक २.४६ र फाइनान्स २.१३ प्रतिशतले बढेका छन्।

सम्बन्धित समाचार

मिटरब्याजीविरुद्ध रौतहटमा किसान–मजदुर आन्दोलित

मिटरब्याजीविरुद्ध रौतहटमा किसान–मजदुर आन्दोलित

रौतहट। मिटरब्याजीको ज्यादतीविरुद्ध रौतहटमा किसान तथा मजदुर आन्दोलित भएका छन्। चन्द्रनिगाहपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले औपचारिक रूपमा आन्दोलन...

युद्धको सन्त्रासमा महँगीको भार

युद्धको सन्त्रासमा महँगीको भार

काठमाडौँ। पश्चिम एसियामा युद्धको असरले महँगी बढेपछि त्यहाँका श्रम गन्तव्य मुलुकमा कार्यरत नेपाली मर्कामा पर्न थालेका छन् । अमेरिकारइजरायल–इरान युद्धका...

खाडी युद्ध नेपालको अर्थतन्त्रका लागि गम्भीर चुनौती : अध्यक्ष अग्रवाल

खाडी युद्ध नेपालको अर्थतन्त्रका लागि गम्भीर चुनौती : अध्यक्ष अग्रवाल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले खाडी युद्ध नेपालको अर्थतन्त्रको लागि गम्भीर चुनौतीको रूपमा देखा पर्नसक्ने बताउनुभएको...

मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छः प्रवक्ता सापकोटा

मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छः प्रवक्ता सापकोटा

काठमाडौँ। हाल मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालीहरुमा मानसिक त्रास बढ्दो क्रममा रहेको छ । मध्यपुूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास...