राजनीति

रास्वपामा सल्किरहेको ‘ज्वाला’ विवाद

काठमाडौँ। लामो समय विदेश बसेर फर्किएकी रास्वपा नेत्रृ ज्वाला संग्रौला बेलाबेला विवादमा आइरहन्छिन्। सामाजिक सन्जालमा कसैलाई तीखो गालीगलौज गर्ने र कसैको भक्तिगान गाउने कर्मकै कारण ज्वाला विवादको भूमरीमा फस्छिन्। रवि लामिछाने सञ्चारकर्मी हुँदा ज्वाला जापानमा बस्थिइन्। रविको ‘फेन’ एवं सुभचिन्तक भएकै आधारमा उनले राज्यको नेतृत्वमाथि औला उठाउथिइन्।

यही कारण उनी अहिले रास्वपा केन्द्रीय सदस्य भएकी छन्। लामिछानेको पक्षमा वकालत गरेकै कारण उनी रास्वपाको जिम्मेवार पदमा पुगेकी छन्। यतिसम्मकी उनी रविपत्नी निकिता पौडेलको टीभीमा पनि अहिले काम गरिरहेकी छन्। तर, उनको टिभी कार्यक्रम भन्दा सामाजिक सन्जालको स्टाटस बढी प्रभावकारी मानिन्छ।

यही कारण अहिले विवादमा उनी फसेकी छन्। उनले केही दिनअघि रविले गृहमन्त्री रहँदा बलात्कारी जोगाएको अर्थ लाग्ने स्टाटस लेखिन्। उनको इंगित गरेको व्यक्ति एमालेका एक जिम्मेवार नेता थिए। उनले सामाजिक सन्जालमा एमाले नेतालाई जोगाएको तर रविकै रविमा ती नेता लागेको बताउन चाहेकी थिइन्। तर यही कारण विवाद हुन पुग्यो।

उनले रविमाथि बलात्कारी जोगाएको भन्ने अर्थ लागेको भन्दै कारबाहीको माग गरिरहेका छन्। यतिसम्मकी अनुशासन आयोगले उनलाई स्पष्टीकरण सोध्नुपर्ने प्रश्न पनि उठेको छ। तर ज्वाला भने आफूले गलत नगरेको बताइरहेकी छन्। उनी रास्वपा नेताविरुद्ध खन्निरहेकी छन्। उनले सामाजिक सन्जालमार्फत नै आफूले एकएक नेताको कमजोर पत्ता लगाएको दाबी गरिरहेकी छन्। यही कारण उनको विषय पार्टीमा बहस बनिरहेको छ।
ज्वालाको स्टाटस

पार्टीले स्पष्टीकरण सोध्ने तयारी गरेपछि ज्वालाले बिगत खोतल्दै जाने हो भने अहिले आफू रास्वपा हुँ भनिरहेकाहरू कुनै न कुनै काण्डमा मुछिएको दाबी गरेकी छिन्।

‘जजसले आज मेरो बिरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छ्न्, तिनीहरुको बिगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्,’ आफ्नो आलोचना गर्नेलाई लक्षित गर्दै उनले फेसबुकमा लेखेकी छिन्, ‘मैले पर्दाफास गर्दै गए भने भोलि नाकमुख देखाउन गाह्रो होला महोदय। तसर्थ संयमित बन्नुस।’

उक्त अभिव्यक्ति ३ पटक सच्याएर स्पष्टीकरण दिँदा पनि आफूलाई रास्वपा कार्यकर्ताहरूले खेद्न नछोडेको तर आफू विचलित नभएको उनको भनाइ छ। ‘मेरो एउटा सामान्य लेखाइको त्रुटि, त्यो पनि मैले सच्याएर ३ वटा स्पष्टीकरणसहितका स्टाटस लेख्दा समेत मलाई खेद्न छोडेका छैनन्,’ संग्रौलाले लेखेकी छिन्, ‘यसबाट म कतै बिचलित भएकी छैन, किनकी यस्ता बाधाका पहाडमाथि टेक्दै जीवनको उकाली चढेको निकै साल भैइसक्यो।’

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...