शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:

‘स्टन्ट’बाजीबाट देश चल्दैन : प्रधानमन्त्री

‘स्टन्ट’बाजीबाट देश चल्दैन : प्रधानमन्त्री

  • खबर सेवा

  • बुधबार, माघ १६, २०८१

  • 59
    SHARES
‘स्टन्ट’बाजीबाट देश चल्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : बालकोट फेसबुक पेज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन्। नेपाल बार एसोसिएसन र युवा कानुन व्यावसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यावसायी सम्मेलन, २०२५ को उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताएका हुन्।

उनले राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्तासम्पन्न जनताका तर्फबाट कानुन बनाउँदै छु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सब कुछ हुँ भन्ने भ्रम पाल्न नहुने स्पष्ट गरे।

‘संसद्ले न्यायपूर्ण कानुन बनाउनुपर्छ। सम्बन्धित निकायहरु त्यसअनुसार चल्नुपर्छ। सन्तुलत र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफै कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ।’, प्रधानमन्त्री ओलीले भने, ‘देशप्रति साँच्चै इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागिरहेको छ, यसमा कानुन व्यवसायीको सक्रिय साथ रहने मैले विश्वास लिएको छु।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology