राजनीति

पाथीभरा विवादबारे योगेश भट्टराईको मध्यस्थ बोली : केवलकार बन्नुपर्छ, स्थानीयले क्षतिपूर्ति पाउनुपर्छ

काठमाडौँ। नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकार निर्माणका सवालमा भइरहेको विवादबारे १९ बुँदे धारणा सार्वजनिक गरेका छन् ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद भट्टराईले आफ्नो धारणा सार्वजनिक गर्दै संघीय, प्रदेश र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर ताप्लेजुङमा पाथीभरामा केबलकार निर्माणको काम सुरु भएको प्रस्ट्याए ।

‘ताप्लेजुङ जिल्लामा क्रियाशील राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरू केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेका छन् । केबलकार निर्माणका पक्षले निर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना पुग्यो’, भट्टराईले भने, ‘पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रूपले सुन्दर पर्यटकीय स्थल हो । ५। जहाँ बर्सेनि नेपालका विभिन्न भाग ,भारतका सिक्किम, दार्जिलिङ, असम, पश्चिम बङ्गाल, उत्तर प्रदेश, विहार लगायतका क्षेत्रबाट ठुलो मात्रामा श्रद्धालु दर्शनार्थी आउने गरेका छन् ।’

उनले पाथीभरालाई शक्तिको प्रतीक देवीको रूपमा बुझिने भन्दै खस,आर्य लिम्बु राई (किराँत) गुरुङ,तामाङ शेर्पा, मगर, नेवार, लगायतका सबै जात र विशेष गरी हिन्दु बौद्ध, र किराँत धर्मालम्बीहरुले समान रूपले आस्था र विश्वास दर्साउने साझा स्थल भएको पनि बताए ।

क्जष्खबm ऋझभलत
उनले भौगोलिक रूपले विकट ठाउँमा रहेको पाथीभरासम्म सहज ढंगले पुग्न सकियोस् वृद्ध–वृद्धा बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुगो भन्ने उद्देश्यले केबलकार उपयुक्त विकल्प हुनेमा दुई मत नभएको भन्दै केबलकार को निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरु पाथीभरामा पुग्ने अनुमान गरिएको बताए ।

भट्टराईले पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रूपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न क्रियाकलापहरू अघि बढाउन माग गरेका छन् ।

‘लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ’, भट्टराईले आन्दोलनरत पक्षलाई भनेका छन् ।

परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किन खालका गतिविधिले कसैको हित नहुने भन्दै उनले यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गर्दै अविलम्ब वाता गरी समस्यालाई समाधान गर्न माग गरेका छन्।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...