काठमाडौँं। भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा मंगलबार राति मच्चिँदा ३० जनाको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ। दुर्घटनामा ६० जना घाइते भएको बताइएको छ।
यसैबीच घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई जनही २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। मुख्यमन्त्री योगीले भने, ‘सरकारले घटनाको न्यायिक छानबिन गर्ने निर्णय गरेको छ। यसका लागि हामीले न्यायाधीश हर्ष कुमार, पूर्वमहानिर्देशक वीके गुप्ता र सेवानिवृत्त आईएएस डीके सिंहको अध्यक्षतामा ३ सदस्यीय न्यायिक आयोग गठन गरेका छौँ।’