महाकुम्भको भागदौडमा मर्नेका परिवारलाई क्षतिपूर्ति दिने उत्तर प्रदेशका मुख्यमन्त्रीको बाचा
काठमाडौँं। भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा मंगलबार राति मच्चिँदा ३० जनाको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ। दुर्घटनामा ६० जना घाइते भएको बताइएको छ।
यसैबीच घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई जनही २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। मुख्यमन्त्री योगीले भने, ‘सरकारले घटनाको न्यायिक छानबिन गर्ने निर्णय गरेको छ। यसका लागि हामीले न्यायाधीश हर्ष कुमार, पूर्वमहानिर्देशक वीके गुप्ता र सेवानिवृत्त आईएएस डीके सिंहको अध्यक्षतामा ३ सदस्यीय न्यायिक आयोग गठन गरेका छौँ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




